Comments Add Comment

पटिहानी पर्यटन विकास समितिको अध्यक्षमा शंकर थपलिया

१३ पुस, चितवन । चितवनको दोस्रो पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गरेको पटिहानी पर्यटन विकास समितिको अध्यक्षमा शंकरराज थपलिया चयन भएका छन् ।

समितिको उपाध्यक्षमा साजनकुमार महतो, सचिवमा सुमन ढकाल, सहसचिमा सुमित्रा पण्डित, कोषाध्यक्षमा रामराज तिवारी चयन भएका छन् । समितिमा पदेन सदस्यहरुमा पटिहानी उपभोक्ता समितिका अध्यक्ष, बेलसहर सामुदायिक वनका अध्यक्ष, वीरेन्द्रनगर सामुदायिक वनका अध्यक्ष, भरतपुर नम्वर २२ का वडा प्रतिनिधि, पर्यटक प्रहरी कार्यालयका प्रमुख, क्षेत्रीय होटल संघ कसरा र पटिहानी होटल एसोसिएशनका अध्यक्ष रहेका छन् ।

नवनियुक्त अध्यक्ष थपलियाले पटिहानीलाई देश विदेशमा चिनाउने, पूर्वाधार तयारीमा ध्यान दिने, निकुञ्जसँग जोडिएर रहेका समस्या समाधान गरी पर्यटनमैत्री वातावरण बनाउन जोड दिने आफ्ना मुख्य कार्यभार रहेको बताए ।

चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नदीसँग जोडिएको पटिहानी सरकारले घोषणा गरेको एक सय पर्यटकीय गतब्यमा परेको छ । पटिहानीमा सरकारको लगानीमा अम्ब्रेला स्ट्रिट लगायतका संरचना तयार हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment