Comments Add Comment

भ्रमण वर्ष शुभारम्भका लागि ठाकुरद्वारामा प्रदेश ५ को विशेष तयारी

शुभारम्भको उद्घाटन मुख्यमन्त्रीले गर्ने

१३ पुस, बुटवल । नेपाल भ्रमण वर्ष सन् २०२० शुभारम्भका लागि प्रदेश ५ अन्तर्गतको बर्दिया ठाकुरद्वारामा विशेष तयारी गरिएको छ  ।

‘घुम्न जाऔं बर्दिया’ नाराका साथ प्रदेश ५ को प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वाराबाट नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भ गरिने गरि काम तीब्र पारिएको र उद्घाटनको तयारी पूरा  भएको छ । भ्रमण बर्षमा नेपाल सरकारले २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य राखेको छ ।

प्रदेश सरकारले भ्रमण वर्षलाइ ब्यवस्थित र प्रभावकारी बनाउने गरी काम गरिरहेको जनाएको छ । केन्द्र सरकारको अभियानलाइ प्रंदेश सरकारले कांध थापेर सहयोग गर्नुपर्ने प्रदेश सरकारको दायित्व नै रहने भ्रमण बर्ष २०२० का प्रदेश ५ संयोजक तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उल्लेख गरे ।

‘यो सबैको लागि राम्रो कुरा हो,हामीलाइ सही र निश्पक्षरुपमा सुझावहरु दिनुस्,अभियानमा मिडिया जगतको बिशेष साथ रहनुपर्छ ।’ मन्त्री गिरिले भने ।

यो भ्रमण वर्षलाइ भनेर प्रदेश सरकारले बजेट विनीयोजन नगरेपनि केन्द्र सरकारबाट २५ लाख रुपैयाँ प्राप्त भएको जानकारी दिए ।

भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले  बर्दियाको ठाकुरद्वारामा अंग्रेजी नयाँ वष जनवरी १ को दिन बिहान ११ बजे गर्नेछन् ।

५ नम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बुटवलमा आइतबार पत्रकार सम्मेलन गरि भ्रमण वर्षको तयारीबारे जानकारी दिएको हो ।

उद्घाटनका दिन जनवरी १ तारिखमा बिहान ७ बजे बाँके जिल्लाको गावर भ्याली क्षेत्रमा जंगल सफारीको समेत मुख्यमन्त्रीले नै उद्घाटन गर्नेछन् ।

सो कार्यक्रममा प्रदेशका सबै मन्त्री,प्रदेशसभाका समितिका सभापतिहरु, सांसद, सचिव, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रवर्द्धन समितिका ५/५ जना सदस्य, १ स्थानीय तहका प्रमुख उपप्रमुखको उपस्थिती रहने छ ।

कार्यक्रमलाई व्यवस्थित बनाउन बर्दियाका होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन समिति, सञ्चार क्षेत्र तथा विभिन्न सामाजिक संघसंस्थासंग समन्वय गर्ने, कार्यक्रममा विभिन्न भाषाभाषी तथा संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नाच प्रस्तुत गर्ने निर्णय गरिएको प्रदेश समितिका सहसंयोजक माधव नेपालले बताए ।

उद्घाटन कार्यक्रमलाई सफल बनाउन होटल व्यवसायी संघ ५ नम्बर प्रदेशले २०२० जना भारतीय पर्यटकलाई समेत सहभागी गराएर विशेष छुटमा एक रात दुई दिन नेपाल बस्ने व्यवस्था मिलाउने तयारी गरेको छ । मूल कार्यक्रमको अघिल्लो दिन मन्त्रालयको सहयोगमा बांकेमा होटल एशोसिएसनले भ्रमण वर्षको स्वागत गर्ने  र २ हजार भारतीय पर्यटक ल्याउने छ । विदेशी पर्यटक आए उनीहरूलाई पनि विशेष छुट सहितको खाने–बस्ने व्यवस्था गरिने छ ।

प्रदेश नं. ५ सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल र प्रभावकारी रुपले संचालन गर्ने आधार तयार गर्न लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरेर यसका बिभिन्न कार्यक्रमहरु संचालन भइरहेको प्रचार प्रसार संयोजक भरत केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment