Comments Add Comment

२३ करोड लगानीमा बुटवलको नयाँ गाउँमा ट्रान्सपोर्ट भिलेज

१३ पुस, बुटवल । बुटवलमा ढुवानी ग्राम अर्थात ट्रान्सपोर्ट भिलेज बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट)लाई एकै स्थानमा व्यवस्थित गर्ने योजना अघि बढाएको हो ।

प्रदेशको अस्थायी मुकाम बुटवलमा जनघनत्व बढ्दै गएको र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएकाले शहरभर छरिएर रहेकाहरुलाई एकै ठाउँमा राख्न ट्रान्सपोर्ट भिलेज बनाउन लागिएको मेयर शिवराज सुवेदीले जानकारी दिए ।

ट्रान्सपोर्ट भिलेज निर्माणका लागि बुटवल उपमहानगर र रुपन्देही परिवहन प्रालिबीच सम्झौता भएको छ । सम्झौताअनुसार यो कम्पनीले एक वर्षभित्र भिलेज बनाइसक्ने छ र १५ वर्षपछि उपमहानगरपालिकालाई हस्तातरण गर्नेछ ।

वडा नं. १२ नयाँगाउको भैरहवा भन्ने स्थान बन्ने ट्रान्सपोर्ट भिलेजमा ४९ सेड निर्माण हुनेछन् । ट्रान्सपोर्ट भिलेजको अनुमानित लागत २३ करोड २४ लाख ७९ हजार छ सय ७४ रुपैयाँ रहेको रहेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

एउटा सेड १५५० वर्गफुट क्षेत्रफलको हुनेछ । हरेक सेडको मासिक भाडा प्रति वर्गफुट दुई रुपैयाँका दरले तीन हजार एक सय हुनेछ । बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने पनि सम्झौतामा तोकिएको छ ।

साथै ट्रान्सपोर्ट भिलेजमा पार्किङ स्थल, व्यवसायिक भवनसहित दुई वटा होटल, मन्दिर, हेल्थपोष्ट, टायर मर्मत संम्भार पसल, प्रतिक्षालय, प्रहरी चौकी पनि हुनेछ । सम्झौताअनुसार ट्रान्सपोर्ट भिलेजका लागि पहुँचमार्ग, ढल, बिजुली, पानी, शौचालय लगायतका संरचना उपमहानगरपालिकाले बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment