Comments Add Comment

महाकालीमा मौका छोप्दै भारत, अनुमतिबेगर धमाधम संरचना निर्माण

१४ पुस, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूले विविध विषयहरूलाई समाचारको रूप दिएका छन् ।

कान्तिपुर दैनिकले ‘महाकालीमा मौका छोप्दै भारत’ शीर्षक दिएर आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार नेपालका बासिन्दा चिसो छल्न तल्लो भेग झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण गरिरहेको छ ।

पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिmत्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एकपक्षीय रूपमा संरचना बनाएको हो ।

कान्तिपुरका अनुसार, भारतले व्यास गाउँपालिका–१, पेल्सितीनजिकै महाकालीमा अनुमतिबेगर काठेपुल बनाएको छ । महाकाली नदी नै प्रभावित हुनेगरी भीर कटान गरे सडक बनाउने कामलाई पनि उसले तीव्र पारेको छ ।

०७४ सालमा पनि भारतीय पक्षले महाकाली नदीमा नेपालको अनुमति नलिईकनै विभिन्न ठाउँमा काठेपुल बनाउनुका साथै नेपाली भूमिमा एक्स्काभेटर चलाएको थियो ।

सामाजिक सञ्जाल र यसका प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्ने प्रावधानसहितको सूचना प्रविधि विधेयक संसदको विकास तथा प्रविधि समितिले पारित गरेको अर्को खबरलाई पनि कान्तिपुरले निकै प्राथमिकतापूर्वक समेटेको छ ।

समितिले पारित गरेको विधेयकमा सामाजिक सञ्जालमा लेखेकै कारण यसका प्रयोगकर्तामाथि १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्ष कैद वा दुवै सजाय हुनसक्ने प्रावधान छ । विधेयकको प्रावधानले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने भन्दै विरोध हुँदै आएको छ । तथापि, समितिले यसलाई पारित गरिदिएको छ ।

पहिरोमाथि बसेको भूकम्पपीडित बस्तीको तस्वीर अन्नपूर्णले छापेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१, सेलाङस्थित एकीकृत बस्ती पहिरोमाथि निर्माण गरिएको हो ।

प्रदेश सरकारको केन्द्रप्रतिको निर्भरता र हतारमा निर्माण भएका दशरथ रंगशालाको गुणस्तरबारे पनि अन्नपूर्णले नजर लगाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबारे नागरिकले चिरफार गरेको छ । परियोजनाअन्तर्गत महत्त्वकांक्षी कार्यक्रम अघि सारिए पनि कार्यान्वयन निराशाजनक रहेको नागरिक समाचारको सार छ ।

विकासका नाममा ग्रामीण भेगमा मापदण्डविपरीत सडकलगायतका संरचना निर्माण गरिएको समाचार पनि नागरिकमा पढ्न सकिन्छ ।

राजधानीले विदेश भ्रमण र अध्ययनमा ४ महिनामै ३८ अर्ब रुपैयाँ बाहिरिएको लेखेको छ भने गोरखापत्रमा देशभर अझै केही दिन चिसो बढ्ने खबर छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment