Comments Add Comment

दुनियाँकै अभागी चोर : ८ घरमा छिर्यो, हात लाग्यो घडी र चुरा

हिन्दीमा एउटा उखान छ, ‘जब किस्मत मेहरबान तो गधा भी पहलमान ।’ तर जब भाग्य खराब हुन्छ तब अकल्पनीय असफलता हात लाग्दछ ।

भारतमा एकजना चोरलाई सायदै कहिल्यै नसोचेको असफलता प्राप्त भयो । थुप्रै धनमाल चोरी गर्ने मनसायले ८ वटा घरमा छिर्दासमेत उसले कुनै उल्लेख्य धनमाल चोर्न सकेन । मात्र एउटा घडी र दुईवटा चुरामात्रै हात पार्न सफल भयो । ती चुराहरू पनि सक्कली सुनका थिएनन्, सुन लेपन गरिएका ग्यारेन्टीवाला चुरा रहेछन् ।

विचरा २८ वर्षको त्यो अभागी चोरको भाग्य फुटेकै रहेछ । चोरी गर्दा हात लाग्यो शून्यमात्र भएन । पुलिसले पक्राउ गरेर जेलको हावा खानु परेको छ ।

मुम्बइको विखरोली इलाकामा चोरी गर्नका लागि निलेश सिताराम पवार नामको उक्त युवक ८ वटा फ्लाटमा घुसेको थियो । जहाँबाट उसले केवल एउटा घडी र दुईवटा चुरामात्र चोर्न सफल भयो । चोरी गर्नका लागि गईरहेको बेलामा उसको भिडियो आवासीय परिसरमा राखिएको सिसिटीभीमा कैद भएको थियो । त्यहीँ फुटेजका आधारमा प्रहरीले उसलाई गिरफ्तार गरेको छ ।

अधिकारीहरूका अनुसार शनिबार बिहान उक्त चोरले केवल एक घण्टाभित्रै ८ वटा फ्लाटका चाँबी फुटाएर भित्र छिरेको थियो ।

चोरी गरेर भागेको उक्त चोरलाई केही घण्टापछि नै प्रहरीले दक्षिणी मुम्बइको मस्जिद बन्डर इलाकाबाट पक्राउ गर्न सफल भयो । उसले चोरेर लगेको घडी र चुरा सम्बन्धित घरधनीहरूलाई फिर्ता गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment