+
+
Shares

वीरगञ्जको नेशनल कलेजले फेरि असुल्यो विद्यार्थीसँग अतिरिक्त शुल्क

चिकित्सा शिक्षा आयोगले विद्यार्थीको उजुरी लिएन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १४ गते १३:१६

१४ पुस, काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले विद्यार्थीहरुसँग फेरि अतिरिक्त शुल्क असुलेको खुलेको छ।

मागेको शुल्क नतिरे फाइनल परीक्षाको फर्म भर्न नदिने भन्दै कलेजले अतिरिक्त शुल्क मागेको नेशनल कलजेमा अध्यनरत एक विद्यार्थीले बताए।, ‘हामी हरेक ब्याचका विद्यार्थीले आइओएममा पुरा शुल्क तिरे पनि कलेजले अतिरिक्त शुल्क मागेको छ,’ १८ औ ब्याचका एक विद्यार्थीले भने, ‘परीक्षा फर्म भर्न नदिने भनेर जबरजस्ती गर्न थालेपछि केही विद्यार्थीले अतिरिक्त शुल्क तिरे भने कतिले तिरेका छैनन्।’

उनका अनुसार कलेजले पुस्तकालय, ल्याब, प्रमोशनलगायत ८ वटा शीर्षकमा गरी चार लाख ६१ हजार ८ सय शुल्क असुलेको छ। कलेजले सरकारसँगको सम्झौता उल्लघंन गरेपछि उनीहरु चिकित्सा शिक्षा आयोगमा उजुरी दिन आएका थिए। तर, आयोगले उजुरी दर्ता गर्न मानेन्। नेशनल कलजेका सञ्चालक बसुरद्दिन अन्सारी आयोगका सदस्य छन्।

गत मंसिर २० गते निजी मेडिकल कलेज सञ्चालक र सरकारबीच शुल्क फिर्ता गर्ने सहमति भएको थियो। सरकारसँग सहमति गरेपछि कलेजले २३ गते विद्यार्थीसँग चार बुँदे सहमति गर्‍याे । शैक्षिक वर्ष २०७५/७६ का पहिलो किस्ता र केही अतिरिक्त शुल्क तिरिसकेका विद्यार्थीहरुको विधि परीक्षा, रजिष्ट्रेसन, काउन्सिल रजिस्ट्रेसन , होस्टल र खानाको कटौती गरेर बाँकी रकम आउँदो किस्तामा समायोजन गर्ने सहमति भएको थियो।

तर, त्यो सहमति तोड्दै कलेजले फेरि अतिरिक्त शुल्क असुल्न थालेको छ।

वीरगञ्जको नेशनल कलेजले यसअघि भर्ना भएका १ सय जनाबाटै ५५ लाख भन्दा माथि असुलेको तथ्य बाहिरिएको थियो। उक्त कलेजलाई राजश्व छलीको समेत आरोप लागेको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?