Comments Add Comment

संसदीय समितिको निर्देशन : जसरी पनि उखु किसानलाई पैसा दिलाऊ

१४ पुस, काठमाडौं । संसदको उद्योग बाणिज्य र श्रम तथा उपभोक्त हित समितले उखु किसानहरुलाई पैसा दिलाउन सरकारलाई निर्देशन दिएको छ । किसानको पैसा नतिर्नेलाई राज्यको सबै संयन्त्र लगाएर कारबाही गर्न पनि भनेको छ ।

मिलले पैसा नदिएको भन्दै उखु किसानहरु आन्दोलन गर्न काठमाडौं आएका थिए । उनीहरुले सोमवार संसदीय समितिमा उपस्थित भएर आफ्नो पीडा सुनाए ।

बैठकमा उपस्थित कृषिमन्त्री घनश्याम भुसालले भने अन्नपूर्ण सुगरमिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया भागेको बताए ।

अन्नपूर्णले ५० र महालक्ष्मीले २१ करोड रुपैयाँ किसानलाई तिर्नुपर्ने छ । वीरेन्द्र कनौडिय नेपाली कांग्रेसबाट प्रदेश २ का प्रदेशसभा सदस्य पनि हुन् ।

समितिले भने जसरी पनि किसानलाई पैसा दिलाउन र नदिने उद्योगलाई काबारही गर्न निर्देशन दिएको छ ।

बैठकमा वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले भने उद्योगी पक्राउ गर्द गलत म्यासेज जाने भएकाले सम्पर्कमा ल्याइदिन गृहलाई  आइतवार परिपत्र गरिएकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment