Comments Add Comment

‘लभ डायरिज’मा प्रिस्मा–प्रिन्सीसँग सुशिल र रुविनाको ‘छमछम’

चलचित्र ‘लभ डायरिज’मा समावेश ‘छम छम’ बोलको गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीत सार्वजनिक गरिएको हो । गीतमा, दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठ, रुविना थापा र विश्वजीत रिमाललाई फिचरिङ गरिएको छ । साथमा, गीतको भिडियोमा टिकटकमा भाइरल प्रिस्मा र प्रिन्सी खतिवडालाई पनि देख्न सकिन्छ ।

प्रविण सिंहको कोरियोग्राफीमा तयार भएको यो भिडियोलाई चलचित्र भित्र बिहेको माहोलमा खिचिएको छ । सौरभ चौधरीको निर्देशन रहेको यो चलिचत्रका एसोसियट निर्देशक साहिल खान हुन् । चलचित्रमा विनोद सापकोटाको लगानी छ भने सरोज तुलाधर सह–निर्माताको रुपमा छन् । मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रमा मधु वास्तोलाको कथा तथा पटकथा, संजय लामाको छायांकन छ ।

चलचित्र ‘लभ डायरिज’ फागुणको २ गतेबाट प्रेम दिवसको अवसर पारेर रिलिज हुँदैछ । सार्वजनिक गीतलाई निर्माणपक्षले प्रचारका लागि तयार पारेको स्पष्ट हुन्छ । किनकी, यसमा अहिले टिकटकमा भाइरल रहेका प्रिस्मा र प्रिन्सीको साथमा बाल लोकगायिका कमला घिमिरेलाई फिचरिङ गरिएको छ ।

गीतको अडियोलाई संगीतकार पोखरेलले कर्णप्रिय बनाउने प्रयास गरेका छन् । भिडियो अडियो अनुसार राम्रो बनेको छ । चलचित्रको मेकरले यो गीतले चलचित्रको प्रचारमा ठूलो सहयोग मिल्ने अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment