Comments Add Comment

वर्ष २०१९ः अक्षय र ऋतिक चम्किए, बदलियो साहिदको करिअर

 

आजबाट सन् २०१९ ले बिदा लिदैछ । भोलीबाट सन् २०२० सुरु हुँदैछ । सन् २००० को दोश्रो शतक समाप्त भएर तेश्रो शतकको सुरुवात हुँदैछ । सन् २०१९ बलिउडका लागि सुखद देखियो । यो बर्ष बलिउडमा कथा चल्यो । यो बर्ष नायक साहरुख खान र आमिर खानका चलचित्र रिलिज भएनन् ।

नायक सलमान खानका लागि यो बर्ष औषत रह्यो । अक्षय कुमार र ऋतिक रोशन चम्किए । नायक साहिद कपुरको यो बर्ष करिअर नै बदलियो ।

नायक अक्षय कुमार अभिनित ४ वटा चलचित्र यो बर्ष रिलिज भए । जसमा ‘केशरी, मिसन मंगल, हाउसफुल ४ र गुड न्यूज’ छन् । यी चार चलचित्रले व्यापारिक रुपमा सफलता पाए । ६ सय करोड भन्दा बढी व्यापार यो बर्ष अक्षयका चलचित्रले मात्र गरेका छन् । यसैले, यो बर्ष अक्षय कुमार चम्किए ।

यो बर्ष नायक ऋतिक रोशन पनि चम्किए । यो बर्ष बलिउडमा ३ सय करोड कमाउने एउटा मात्र चलचित्र बन्यो, ऋतिकको ‘वार’ । उनी अभिनित चलचित्र ‘सुपर ३०’ले पनि बक्स अफिसमाराम्रो कमाई गर्यो । यो चलचित्रबाट ऋतिकको अभिनयको प्रशंसा खुबै भयो ।

नायक सलमान खान अभिनित दुई चलचित्र ‘भारत र दबंग ३’ यो बर्ष रिलिज भए । दुबै चलचित्रले दर्शकको प्रतिक्रिया सुखद पाएनन् । ‘भारत’ बक्स अफिसमा हिट मात्र हुँदा ‘दबंग ३’ले भने औषत व्यापार मात्र गर्यो ।

नायक रणवीर सिंहको यो बर्ष ‘गल्ली ब्वाई’ रिलिज भयो । यो चलचित्रबाट रणवीरको सर्वाधिक प्रशंसा भयो । यस्तै, यो बर्ष चम्किएका अर्का नायकमा आयुष्मान खुराना पनि पर्छन् । जसले अभिनय गरेका चलचित्रले सय करोड कमाएका छन् ।

यो बर्ष उनी अभिनित ‘आर्टिकल १५, बधाई हो र बाला’ रिलिज भयो । यी तिनै चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरे । नायक साहिद कपुरको यो बर्ष करिअर नै फेरियो । उनी अभिनित ‘कविर सिंह’ यो बर्ष रिलिज भयो । चलचित्रले २८० करोड कमाई गर्यो । डुब्दै गरेको साहिदको करिअरलाई यो चलचित्रले जुरुक्कै माथि उठाइदियो ।

विक्की कौशल पनि यो बर्ष चम्किए । उनी अभिनित चलचित्र ‘उरी’ यो बर्ष रिलिज भयो । २५० करोड भन्दा बढी कमाई गरेको यो चलचित्रले बर्षाकै ब्लकबस्टर चलचित्रमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment