Comments Add Comment

प्रहरी अस्पतालकी डीआईजी सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस

१४ पुस, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालकी प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

गृह सचिव प्रेमकुमार राईको अध्यक्षता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सदस्य रहेको बढुवा समितिको सोमबार बसेको बैठकले डा. सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । सिंह वरिष्ठ स्त्री रोग विशेषज्ञ हुन् ।

अस्पतालको नेतृत्वका लागि डीआईजी मिनराज पाठक, डा. सिंह र डा. सुमनराज श्रेष्ठ प्रतिष्पर्धामा थिए । उनीहरु सबै १ पुस २०७५ मा डीआईजीमा बढुवा भएका थिए ।

यसअघि ३ पुसमा प्रहरी अस्पतालकी प्रमुख डा. दुर्गा थापाले अवकाश पाएकी थिइन् । त्यसयता एउटा प्राविधिक एआईजी पद रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment