Comments Add Comment

विकिनीमा बोल्ड वर्षा

नायिका वर्षा सिवाकोटीलाई सफ्ट अवतारमा बढी देख्न पाइन्छ । चलचित्रको पर्दामा पनि उनी सफ्ट अवतारमा नै देखिन्छिन् । तर, वर्षालाई केही समय यता भने हट बन्ने रहर जागेको छ । चलचित्रको पर्दामा हट भूमिका त उनले कमै पाएकी छिन् । तर, सामाजिक संजालमा वर्षा हट तस्वीर कहिलेकाही सार्वजनिक हुन्छन् ।

यसपटक भने वर्षा अझै खुलेकी छिन् । वर्षाले सार्वजनिक गरेका केही तस्वीरमा उनी विकिनी अवतारमा देखिएकी छिन् । एक तस्वीरमा वर्षा लेख्छिन्–‘कहिलेकाही, यो ठिक छ ।’ वर्षा अहिले चलचित्र ‘चालबाज’मा काम गरिरहेकी छिन् । उनको हातमा अरु केही चलचित्र पनि छन् ।

व्यवसायिक रुपमा चलचित्र सफल नभएपनि उनको हातमा चलचित्रको अभाव भने छैन । वर्षाको यी तस्वीरले चर्चा पाइरहेको छ । किनकी, उनका फ्यानले उनलाई यस्तो अवतारमा यसअघि देखेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment