+
+
Shares

अनधिकृत आवासगृह खाली गराउँदै नार्क, ३५ दिने म्याद

यदि कुनै आवासगृह अनधिकृत प्रयोग भइरहेको पाइए त्यस्ता आवासगृह ३५ दिनभित्र अनिवार्य खाली गराउन नार्कले सम्बन्धित कार्यालयलाई कडा निर्देशन दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नार्कले खुमलटारका कार्यालयलाई कर्मचारी आवासगृहको विवरण तीन दिनभित्र केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ ।
  • नार्कले अनधिकृत प्रयोग भएका आवासगृह ३५ दिनभित्र खाली गराउन सम्बन्धित कार्यालयलाई कडा निर्देशन दिएको छ ।
  • उक्त परिपत्र नार्क व्यवस्थापन बैठकको निर्णयअनुसार जारी भएको र यसको बोधार्थ मन्त्री गीता चौधरीलाई दिइएको छ ।

१२ कात्तिक, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले खुमलटारमा रहेका आफ्ना सम्पूर्ण कार्यालयलाई कर्मचारी आवासगृहको विवरण बुझाउन र अनधिकृत प्रयोग भएका आवासगृह खाली गराउन निर्देशन दिएको छ ।

नार्कले सूचना जारी गर्दै सम्बन्धित कार्यालयलाई यस्तो निर्देशन दिएको हो । हिजो बुधबार बसेको नार्क व्यवस्थापन बैठकको निर्णय अनुसार उक्त कदम चालिएको सूचनामा उल्लेख छ ।

नार्कले खुमलटारस्थित कार्यालयमा हाल प्रयोग भइरहेका कर्मचारी आवासगृहमा बस्ने कर्मचारीका नाम र पद वा तहसहित सम्पूर्ण विवरण तीन दिनभित्र केन्द्रीय कार्यालयमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

यसका साथै प्राप्त विवरण वा अनुगमन क्रममा यदि कुनै आवासगृह अनधिकृत प्रयोग भइरहेको पाइए त्यस्ता आवासगृह ३५ दिनभित्र अनिवार्य खाली गराउन समेत नार्कले सम्बन्धित कार्यालयलाई कडा निर्देशन दिएको छ ।

बैठकको निर्णय बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन उक्त परिपत्र जारी गरिएको जनाइएको छ । यसको बोधार्थ कृषि, वन तथा पर्यावरणमन्त्री तथा नार्क अध्यक्ष गीता चौधरीलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?