Comments Add Comment

प्रहरीलाई घुस दिन खोजेको आरोपमा महिला पक्राउ

१४ पुस, वीरगञ्ज । बाराबाट प्रहरीले प्रहरी कर्मचारीलाई घुस दिन खोजेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका-२ छपकैयाकी अम्बेया खातुनलाई पक्राउ गरेको हो ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका-७ स्थित इलाका प्रहरी कार्यालय, जीतपुर, बाराको कार्यालय भवन अगाडि चेकजाँचका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ता कपडा नियन्त्रणमा लिएको थियो । सो सामानहरू छुटाइदिन र आगामी दिनमा सहजीकरण गरिदिन भन्दै खातुनले इलाका प्रहरी कार्यालय, जीतपुर, बाराका प्रहरी कर्मचारीलाई घुस बापत २८ हजार रुपैयाँ दिएको दाबी प्रहरीको छ ।

मंसिर ११ गते पक्राउ परेकी खातुनलाई इलाका प्रहरी कार्यालय, जीतपुरले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बुझाएको छ । प्रहरीले २८ हजार रुपैयाँ सहित खातुनलाई बुझाएको र घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment