Comments Add Comment

भ्रमण वर्ष उद्घाटन साग भन्दा भब्य !

१४ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भको तयारी पूरा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयले सोमवार मिडिया ब्रिफिङमार्फत भ्रमण वर्षको तयारी पूरा भएको जानकारी दिएका छन् ।

दशरथ रंगशालामा १ जनवरी (बुधबार) हुने उद्घाटन समारोह एक महिना अगाडि दक्षिण एसियाली खेलकुद (साग) भन्दा भब्य बनाउने चूनौती रहेको भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले बताए । ‘भर्खरै सागको ऐतिहासिक उद्घाटन भएकै भेन्यूमा हामी भ्रमण वर्षको उद्घाटन गर्दैछौं,’ उनले भने, ‘त्यो भन्दा भब्य उद्घाटन गर्नुपर्ने चूनौती छ ।’

उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष सफल बनाउने सन्दर्भमा मुलुकभित्र राष्ट्रिय एकता बनेको बताए ।

आफू मन्त्री भएर आएयता करिब एक सय संघसंस्थासँग भ्रमण वर्षको सन्दर्भलाई लिएर छलफल गरिएको बताउँदै उनले अर्थतन्त्रको मुल आधार पर्यटन बनाउने सरकारको लक्ष्यमा यस अभियानले सहयोग गर्ने उल्लेख गरे ।

पर्यटनको ब्राण्डिङमा यस अभियानले सहयोग गर्ने उनले उल्लेख गरे । उनले १ जनवरीका दिन देशभर दीपावली गरेर भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन सबै देशबासीमा आहृवान समेत गरेका छन् ।

यस्तो हुनेछ भ्रमण वर्षको उद्घाटन (सूचिसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment