Comments Add Comment

चितवनमा जनगणनाको पूर्व तयारीबारे छलफल

१४ पुस, चितवन । एक वर्ष पछि अर्थात वि.सं. २०७८ सालमा सुरु हुने राष्ट्रिय जनगणनाको पूर्व तयारी जिल्ला तथ्याङक कार्यालय चितवनले सुरु गरेको छ । प्रत्येक १०/१० वर्षमा हुने जनगणनामा विगत भन्दा यसपटक तथ्याङ्क संकलनको दायरालाई फराकिलो बनाउने तयारी स्वरुप काम थालिएको कार्यालयले जनाएको छ ।

जिल्लाको जनसंख्याको परिवर्तन, लैंगिक अवस्था, वृद्ध, बालबालिका र युवा, घरको अवस्था, प्रयोग गरेको जग्गा, शिक्षा, प्रजनन् दर, अपाङ्गता, बसाईसराईं लगायतको वास्तविक यथार्थ संकलन गरिने कार्यालयका चितवन प्रमुख यज्ञमुर्ती भण्डारीले जानकारी दिए ।

सोमवार पूर्वी चितवनको खैरहनीमा आयोजित जिल्लास्तरीय गोष्ठीमा बोल्दै प्रमुख भण्डारीले जनगणनालाई उत्सवको रुपमा मनाएर सबै क्षेत्रले सहयोग गर्नुपर्ने  बताए । प्रत्येक १० बर्षमा गरिने जनगणनाका आधारमा आउने तथ्याङ्कमा देशको नीति निर्माण तथा विकास निर्माण निर्देशित हुने भएकाले हरेक नागरिक समक्ष जनगणनाको महत्व दर्शाउन पूर्व तयारी सुरु गरिएको हो ।

जिल्ला तथ्याङ्क कार्यालय चितवनले पहिलो चरणमा चितवन नवलपुर र नवलपरासीमा जनप्रतिनिधि, पत्रकार राजनितिककर्मी लगायत कर्मचारीहरुसँग अन्तरक्रिया गरेको छ । प्रत्येक नागरिकका लागि जनगणना महत्वपूर्ण हुने भएकाले प्रत्येक पालिकामा कार्यालय स्थापना गरेर काम सुरु गरिने जिल्ला तथ्याङ्क कार्यलय चितवनका सुपरिवेक्षक ईन्द्र बिलाश कोइरालाले बताए । तथ्याङ्क संकलनमा दक्ष जनशक्ति र आधुनिक प्रविधिको प्रयोग गरिने छ ।

देश संघीयतामा गई सकेकोले माथिदेखि तल्लो निकायसम्मलाई आवश्यक पर्ने सम्पूर्ण तथ्याङ्क तहगत रुपमा समेटिने गरी तथ्याङ्क संकलन गर्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई बताए । सही तथ्याङ्कको अभावमा नगरभित्रका योजना निर्माण गर्न भएका असहजता जनगणना पछि अन्त्य हुने विश्वास प्रजिअ कोइरालाको छ ।

तथ्याङ्क संकलनपछि गरिबीको दर, मानव विकास सूचांकका सूचक, बहुआयामिक गरिबी सूचांक, रोजगारी तथा बेरोजगारी दरहरु, कुपोषण, गर्भनिरोधको साधन प्रयोग दर, प्रतिव्यक्ति आय, विभिन्न आर्थिक, सामाजिक तथा वातावरण सम्बधी सूचकहरू जानकारी लिन सकिने छ ।

प्रमुख जिल्ला अधिकारी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाका मेयर नारायण वन, खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलिया लगायत पूर्वी चितवनका चार वटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, वडाध्यक्षहरु, प्राध्यापक, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment