Comments Add Comment

तीन वर्षीया बालिकाको हत्या, सौतेलो बाबु पक्राउ

१४ पुस, कञ्चनपुर । कञ्चनपुरमा तीन वर्षीया बालिकाको हत्या भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले सौतेलो बाबुलाई पक्राउ गरेको छ । बालिकाको  बलात्कार र कुटपिटपछि हत्या भएको  आशंकमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सोमबार दिउँसो बालिकाका  सौतेलो बाबुलाई पक्राउ गरेको हो । कञ्चनपुर प्रहरीका डीएसपी नरेन्द्र चन्दले अनलाइनखबरसँग भने, ‘कुटपिटबाट बालिकाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ त्यसअघि बालिकामाथि जबरजस्तीकरणी पनि भएको हुन सक्ने आशंका गरिएको उनले बताए ।

भीमदत्त नगरपालिका-१८ स्थित घरमा कोही नभएको मौका पारेर बाबुले बालिकाको ज्यान लिएको प्रहरी बताउँछ । उनले अत्याधिक मादक पदार्थ सेवन गरेको भेटिएको प्रहरीको भनाइ छ ।

आमा दाउरा लिन गएको समयमा बालिकाको बलात्कार भएको हुन सक्ने आशंका प्रहरीको छ । अहिले बालिकाको शवलाई महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

यसअघि १० साउन २०७५ मा कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको भने अझै अभियुक्त समातिन सकेका छैनन् । यो प्रकरणलाई लिएर प्रहरीको तीब्र आलोचना भएको थियो । त्यसयता जिल्लामा अरू पनि महिला हिंसाका घटना भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment