Comments Add Comment

चितवनमा विद्युत महसुल नबुझाउनेहरुको धमाधम लाइन काटिँदै

१५ पुस, चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले महसुल नबुझाउनेहरुको लाइन काट्ने कामलाई तीव्रता दिएको छ ।

साउनदेखि पुस १० गतेको अवधिमा ११ सय ७४ ग्राहकको लाइन काटिएको छ । लाइन काटिएकाहरुको कुल बक्यौता २ करोड ४ लाख १७ हजार ५ सय ७३ छ । तीमध्ये ८ सय १४ वटा लाइन रकम तिरेपछि पुनः जडान गरिएको छ ।

उनीहरुसँग १ करोड ३७ लाख ७३ हजार रकम असुल गरिएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले जानकारी दिए ।

प्राधिकरणले ५ ग्राहकलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेमा कुखुरा फार्म र व्यक्तिगत घरका धनीहरु छन् । उनीहरुबाट ७ लाख ८४ लाख १ सय १८ रुपैयाँ उठाउन बाँकी छ । कालोसूचीमा राखेकाहरुको विद्युत मिटर नै जफत गरेर ल्याइएको केन्द्रका प्रमुख महतोले बताए । विद्युत जोड्ने तर रकम नतिर्ने प्रवृतिलाई निरुत्साहित गर्न सचेतनासँगै कारर्वाही पनि अघि बढाइएको उनको भनाइ छ । यसलाई अझै बढाउँदै लैजाने केन्द्रका प्रमुख महतोले बताए ।

अति विपन्न नागरिकहरुलाई निशुल्क मिटर जडान गरिदिने नीति पनि केन्द्रले लिएको छ । केन्द्रले चालु आर्थिक वर्षमा विद्युत चुहावटलाई कम गराउने विषयमा समेत ध्यान दिएको प्रमुख महतोले जानकारी दिए । गत वर्ष ९.२३ प्रतिशत रहेको चुहावटलाई यस वर्ष ७.०६ मा झार्ने गरी काम भैरहेको छ । विद्युत प्राधिकरणले केन्द्रलाई ७.०६ प्रतिशतमा चुहावट झार्न लक्ष्य दिएको छ ।

केन्द्रको कात्तिक महिनासम्मको चुहावट ९.५ प्रतिशत रहेको छ । ‘मंसिर र पुस महिनामा स्वाट्टै तल घटाउँछौं कात्तिकसम्म विगतको कुमुलेटिभ भएर बढी देखिएको हो,’ केन्द्रका प्रमुख महतोले भने, ‘मंसिर र पुसमा ७ भन्दा पनि तल र्झछ ।’

वितरण केन्द्रले ग्रामिण विद्युतीकरण अन्तर्गत विद्युत नपुगेको इच्छाकामना गाउँपालिकाका केही वडामा विद्युत लैजाने काम यसै वर्षभित्र सम्पन्न गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment