Comments Add Comment

एक्लोपना नै साँचो साथी

मोबाइल र इन्टरनेटले एक्लोपनालाई केही हदसम्म कम गरे तापनि यिनलाई एक्लोपना हटाउने साधन भने भन्न मिल्दैन । थोरै मेहनत गर्न सकियो भने एक्लोपनाबाट छुटकारा पाउन सकिने मौकाहरु प्रशस्त फेला पार्न सक्छौं अथवा हामी त्यही एक्लोपनामा रमाउन पनि सक्छौं ।

आजको युवा पुस्ता सबैभन्दा बढी एक्लोपनाको शिकार भएका छन् । उनीहरु प्रायः आफूलाई एक्लोपना महसुस गरिरहन्छन् । यद्यपि, स्मार्टफोन र विभिन्न किसिमका ग्याजेटहरुको जमाना पनि युवाहरु कसरी एक्लोपना महसुस गर्छन् भन्ने विषय अचम्म लाग्दा छ ।

हामीलाई त वृद्धाहरु धेरै एक्लोेपनको शिकार भएको जस्तो लाग्छ । तर, एउटा सर्वेक्षण अनुसार आजका युवा र किशोरहरु सबैभन्दा धेरै एक्लोपनाको शिकार भएको पाइन्छ । विश्व स्वास्थ सँगठनको रिपोर्ट अनुसार आजका युवाहरु एक्लोपनाका कारण नै डिप्रेसनको शिकार भएका हुन् । उक्त सर्वेक्षणमा मानिसको एक्लोपना र सामाजिक रुपले भिन्दा-भिन्दै रहने उनीहरुको प्रवृत्तिका कारण उनीहरुमा हृदय सम्बन्धी रोगहरु लाग्ने खतरा २९ प्रतिशत र स्ट्रोकको खतरा ३२ प्रतिशतले बढ्छ ।

बेलायतमा त्यस्ता समस्याहरुको सामना गर्नका लागि एक्लोपना मन्त्रालयको नै गठन गरिएको छ । बि्रटिस रेडक्रसका अनुसार बेलायतको कूल जनसंख्या करिव ६ करोड ६५ लाख छ । ती मध्ये करिव ९० लाख भन्दा बढी मानिसहरु प्रायः अथवा कहिलेकाहीँ एक्लोपनाको महसुस गर्छन् । तर के एक्लोपना साँच्चै नै अति खतरनाक हुन्छ ? के मानिसहरुले यसबाट बच्नु आवश्यक छ ?

केही मानिसहरुका अनुसार एक्लोपना अति नै भयावह हुन्छ र उनीहरुलाई एक्लोपनासँग डर लाग्छ । तर, केही मानिसहरु एक्लोपनालाई रमाइलो पनि भन्छन् । एक्लोपना उनीहरुको जीवनको सबैभन्दा राम्रो समय हुन्छ । किनभने त्यो समयमा आफ्नो बारेमा गहिराईसँग केही सोच्न सकिन्छ । आफ्नो इच्छा अनुसार बाँच्न सकिन्छ र मन लागेको कुरा गर्न सकिन्छ भन्ने उनीहरुको भनाइ छ ।

शान्ति र आफ्नो खुशीमा नियन्त्रण हुँदैन

बैंकमा कार्यरत २७ वर्षीया प्रकृति आफ्नो परिवारबाट टाढा अर्को शहरमा बस्छिन् । उनी भन्छिन्-‘म एक्लै भए पनि एकदम खुशी छु ।’ किनभने उनलाई रोकतोक गर्ने कोही छैन । उनी आफ्ना सम्पूर्ण कामहरु सकेर बैंक जान्छिन् र जब उनी घर फर्किन्छिन् । एक किसिमको शान्तिको महसुस गर्छिन् ।

आफूले चाहे जस्तो पहिरन लगाएर आरामका साथ टिभी हेर्छिन् । आफ्नो मन पर्ने किताब पढि्छन्, आफूलाई मन परेको खानेकुरा बनाएर खान्छिन् अथवा बाहिरबाट अर्डर गर्छिन् । उसको बारेमा अरुले के सोच्न भन्ने कुरालाई उनी वास्ता गर्दिनन् ।

उनी भन्छिन्-‘जोसँग मेरो पखेटा बाँधिएको थियो । अहिले त्यो खुलेको छ । म स्वतन्त्र आकाशका उडिरहेकी छु ।’ उनको केही साथीहरु छन् । जोसँग उनी क्वालिटी टाइम बिताउँछिन् । उनी फ्रि भएको समयमा उनको साथीहरु पनि फ्रि हुनुपर्छ भन्ने जरुरी छैन । त्यसैले उनी कहिलेकाहीँ एक्लै पनि फिल्म हेर्न जाने गर्छिन् । भीडभाड र हो-हल्ला भन्दा टाढा उनलाई एक्लै बस्न धेरै राम्रो लाग्छ ।

प्रकृतिलाई जस्तै प्रदीपलाई पनि एक्लोपना अति नै रमाइलो लाग्छ । २१  वर्षीया प्रदीप आफ्नो परिवारसँग टाढा अर्को शहरमा बसेर इन्जिनियरिङको अध्ययन गरिरहेका छन् । उनी एक्लो रहँदा निकै रमाइलोको अनुभव भएको बताउँछन् । सबैभन्दा ठूलो कुरा उनले आमाको गाली सुन्नु परेको छैन र कोही रोकतोक गर्ने पनि छैन ।

प्रदीपका साथी निश्चयका अनुसार कहिलेकाहीँ एक्लोपना खल्लो लाग्छ । उनी भन्छन्-‘एक्लै भएको बेला म गीत-ंसंगीत सुन्छु । साथी र परिवारसँग कुरा गर्छु र कहिलेकाहीँ बाहिर घुम्न जान्छु ।’

२० वर्षीया उन्नतीका अनुसार उनलाई पनि एक्लोपना एकदम रमाइलो लाग्छ । त्यसो त अहिले उनी आफ्नो परिवारसँग बस्छिन् । तर, उनी भन्छिन् -‘एक्लो हुँदा धेरै रमाइलो लाग्छ । किनभने तपाईं बिना रोकतोक आफ्नो खुशीले बाँच्न सक्नुहुन्छ र आफूले चाहे जस्तो गर्न सक्नुहुन्छ ।’

केवल यी व्यक्ति मात्र होइन अरु पनि धेरै युवाहरुलाई एक्लै बस्न मन पराउँछन् । उनीहरुका अनुसार एक्लो भएको समयमा हामी आफ्नो बारेमा सोच्न सक्छौं । कुनै पनि कुराको निर्णय लिन सक्छौं । आफ्नो राम्रो र नराम्रोलाई चिन्न सक्छौं र त्यसलाई सुधार्न सक्छौ । सबैभन्दा ठूलो कुरा आफ्ना अभिभावकलाई हरेक कुराको जवाफ दिइरहनुपर्दैन । त्यसैले एक्लो बस्नुको धेरै फाइदाहरु छन् ।

आफूमा धेरै केन्द्रित हुनु

अमेरिकी लेखिका एनेली रुफुसले त ‘पार्टी अफ वन्स द लोनर्स मेनिफेस्टो’  नामक किताब नै लेखिन् । उनका अनुसार एक्लो रहनमा धेरै रमाइलाहरु छन् । जस्तै-आफूमा केन्द्रित हुनु, आफ्नो क्रिएटिभिटीलाई बढाउनसक्नु आदि । मानिसहरुसँग भेटेर अनावश्यक कुरा गर्नु अथवा झुठो ख्याल-ठट्टामा सहभागी हुनुभन्दा एक्लै समय बिताउनु राम्रो हो ।

त्यस्तै, अमेरिकाको सेन्ट जोन्स युनिभर्सिटीका ग्रेगरी फिस्टका अनुसार आफूसँग समय बिताउनाले तपाईंंको क्रिएटिभिटी धेस्वागत स्वागत गर्न सक्नुहुन्छ । जब तपाईं एक्लै समय बिताउनुहुन्छ, त्यो समयमा तपाईंको दिमागले शान्तिको क्षणलाई राम्रोसँग प्रयोग गर्छ । हो-हल्लाबाट टाढा भएर एक्लो तपाईंको दिमागले सोचविचार गर्ने शक्तिलाई बलियो बनाउँछ ।

एउटा अध्ययन अनुसार लामो समयसम्म एक्लो बस्ने मानिसहरु स्वयंमा त्यस्तो क्षमता खोज्छन् । जुन सामान्य मानिसहरुमा सायद नै हुनेगर्छ ।

आफूमा काबु पाउन

यदि तपाईलंे चाहनु भयो भने एक्लोपना तपाईंका लागि अभिशाप होइन । यो त वरदान हुनसक्छ । जिन्दगीले तपाईंलाई आफ्नो बारेमा सोच्ने मौका दिएको सोच्नुपर्छ । पढाई, जागिर अथवा परिवारको जिम्मेवारीका कारण अपुरो भएको सपनालाई पूरा गर्न सक्नुहुन्छ । तर, यदि एक्लोपना धेरै हाबी भयो भने केही उपायहरु अपनाएर तपाईं आफूलाई नियन्त्रण गर्न सक्नुहुन्छ ।

भावनालाई काबु राख्नुपर्छ

एक्लोपनाको सबैभन्दा ठूलो कारण मनमा काबु नहुनु हो । कहिलेकाहीँ मन त्यस्तो दिशामा बहन थाल्छ, जहाँ हामीलाई अति एक्लो महसुस गर्न थाल्छौं । त्यसैले आफ्नो मनलाई काबुमा राख्नुपर्छ र आफ्नो बिचारलाई राम्रो कुरामा केन्दि्रत गर्नुपर्छ ।

कतै टाढा निस्कनुपर्छ

जब तपाईं आफूलाई एकदम एक्लो महसुस गर्नुहुन्छ । त्यो समयमा कतै टाढा घुम्न निस्कनुपर्छ । त्यसो गर्दा तपाईंलाई रमाइलो लाग्छ ।

आफैसँग  प्रेम गर्नुपर्छ

एक्लोपनबाट टाढा रहने सबैभन्दा राम्रो तरिका भनेको आफू स्व्ायंलाई प्रेम गर्नु हो । तपाईं आफूले आफैंलाई सबैभन्दा राम्रोसँग चिन्नुहुन्छ । त्यसैले आफ्नो राम्रो-नराम्रो बानीमा ध्यान दिएर आवश्यक पर्‍यो भने त्यसलाई परिर्वतन गर्ने कोसिस गर्नुपर्छ । तपाईंको जिन्दगी र समय दुबै अनमोल छन् । त्यसैले तिनीहरुलाई पूर्ण रुपमा ध्यान दिनुपर्छ । जिन्दगीमा खुशी रहनुपर्छ । रमाइलोसँग बाँच्नुपर्छ । सबै कुरा राम्रो छ भन्ने सोच्नुपर्छ ।

सृजनशील बन्नुपर्छ

एक्लोपना अर्थात् स्वतन्त्र हुनुको अर्थ खानपान, सुत्नु र टिभी हेर्नु मात्र होइन । समय भएको बेलामा आफू भित्रको कलालाई बाहिर ल्याउनुपर्छ । हरेक मानिसमा केही न केही खुबी हुन्छ । त्यसलाई तपाईंले चिन्ने कोसिस गर्नुपर्छ । शान्त भएर सोच्नुहोस्, तपाईंमा के विशेषता छ ।

एक्लोपनाको साथी हाँसो

खुलेर हाँस्नाले शरीरमा एन्डोफिर्न नामक हार्मोन निस्कन्छ र त्यो हार्मोनले रिसलाई कम गर्न सहयोग गर्छ । त्यसैले जब तपाईं एक्लो महसुस गर्नुहुन्छ । तब रमाइला चुटकिलाहरु पढ्दै हाँस्नुहोस् । आफ्नो स्कुल र कलेजका साथीहरुसँग गर्नु भएका उलफट्याङ कुराहरु सम्झिदै मज्जासँग हाँस्नुपर्छ ।

म्यूजिक थेरापी

जब तपाईंलाई एक्लोपनाले सताउन थाल्छ । आफूलाई मन पर्ने गीत-संगीत सुन्नुपर्छ । मन पर्ने संगीत सुन्नाले दिमागमा डोपामाइन हार्मोन पैदा हुन्छ । जसले हामीलाई खुशी पार्नका लागि उत्साहित गर्नुका साथै प्रेरित पनि गर्छ । त्यसैले मधुरो आवाजमा संगीतलाई एक्लोपनाको साथी बनाउनुपर्छ ।

घरपालुवा जनावर पाल्नुपर्छ

जनावर सबैभन्दा इमान्दार साथी हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । त्यसैले आफ्नो एक्लोपना भगाउनका लागि कुकुर अथवा बिरालो पाल्नुपर्छ ।

जिज्ञासु बन्नुपर्छ

तपाईंको वरपरको वातावरण, मानिसहरु, उनीहरुको कुराहरुले तपाईंलाई खुशी नै दिन्छ भन्ने हुँदैन । त्यसैले उनीहरुको बारेमा धेरै सोच्नु हुँदैन । आफू नै खुशी हुन सिक्नुपर्छ । एक्लोपनलाई टाढा गर्न सोसल मिडियामा धेरै समय बिताउने मानिसहरु एक्लोपनाको बढी शिकार भएको पाइएको छ । हिजोआज सोशल मिडियाका कारण नै मानिसहरु एक-अर्कासँग टाढा हुँदै गएका छन् । त्यसैले मानिसहरुसँग भेटघाट गर्ने, परिवार, साथी र समाजबीचमा धेरै समय बिताउनुपर्छ । त्यसोगर्दा कहिले पनि तपाईंमा एक्लोपना हाबी हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment