Comments Add Comment

भ्रमण वर्ष सफल बनाउन स्वयम्भूमा सांस्कृतिक महोत्सव

१५ पुस, काठमाडौं । भ्रमण वर्षलाई सफल बनाउन स्वयम्भूमा सप्ताहव्यापी सांस्कृति महोत्सव आयोजना गरिने भएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी र काठमाडौं महानगरपालिका १५ वडाको आयोजनामा महोत्सव आयोजना हुन लागेको हो ।

महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष ईश्वरमान डंगोलका अनुसार, एक सातासम्म चल्ने महोत्सवमा विभिन्न सा‌ंस्कृतिक पहिचानहरु झल्कने कार्यक्रमहरु  हुनेछन् ।

सन् २०२० को पहिलो दिन बुधबार महोत्सवको उद्घाटन सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गर्ने पनि उनले बताए । महोत्सव २२ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय कला संस्कृतिसँगै नेपाल प्रहरीले समेत विभिन्न जनचेतनामूलक तथा सांस्कृतिक प्रस्तुति राख्ने महानगरीय प्रहरी वृत स्वयम्भूका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment