Comments Add Comment

नेकपामा पूर्व–पश्चिम छैन, निर्मलाका हत्यारालाई छाड्दैनौं : सञ्चारमन्त्री

फाइल तस्वीर ।

१५ पुस,कन्चनपुर । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेकपामा अब कोही पनि पूर्वको नरहेको बताएका छन् । सभामुखमा पूर्वमाओवादीले दाबी गरिरहेको सन्दर्भमा मन्त्री बास्कोटाले नेकपामा अब पूर्वका कोही नरहेको बताए ।

कञ्चनपुरमा पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा नेकपा नेता बास्कोटाले भने, ‘नेकपामा अब पूर्व–पश्चिम छैन । पूर्वएमाले र पूर्वमाआवादी अब इतिहास भइसक्यो । पार्टीले उपयुक्त निर्णय गर्छ र सभामुख चयन हुन्छ ।’

मन्त्री बास्कोटाले सभामुख नेकपाकै नेता हुने भन्दै यस विषयमा मुख्य नेताहरूबीच सम्भवतः सहमति भइसकेकेको बताए ।

बास्कोटाले साइबर अपराध गर्न पल्केकाहरूले सूचना प्रविधि विधेयकको विरोध गरेको भन्दै नयाँ बन्ने कानुनबाट सामाजिक सञ्जालको सदुपयोग गर्नेहरूलाई कुनै असर नपर्ने बरु थप सुरक्षा हुने बताए ।

फरक प्रसंगमा मन्त्री बास्कोटाले कालापानी, लिपुलेक मात्रै नभई लिम्पियाधुरा पनि नेपालकै भूमि भएको बताए । उनले भारतले कालापानी लिपुलेकमा दाबी गरे पनि लिम्पियाधुरासम्म नेपालकै भएको बताए ।

उनले यस विषयमा भारत सरकारलाई पत्र पठाइएको र त्यसको सकारात्मक जवाफ आएको बताउँदै आफूहरूले ब्रिटिसकालीन सन्दर्भ सामग्रीलाई तथ्य बनाउनुपर्ने माग राखेको बताए ।

त्यसैगरी, कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने मन्त्री बास्कोटाले बताए । विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उनले घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएर छाड्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment