Comments Add Comment

चितवनमा घरजग्गा, निर्माण र फर्निचर मेला हुँदै

१५, पुस, चितवन । चितवनको भरतपुरमा माघ दोस्रो साता घर निर्माण सामग्री सम्बन्धी मेला हुने भएको छ ।

भरतपुरमा रहेको प्रर्दशनी केन्द्रमा माघ ८ देखि ११ गतेसम्म मेला हुन लागेको हो । एएस इभेण्ट एण्ड मार्केटिङ प्रालि र इभेण्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा हुन लागेको मेलामा पछिल्लो समय आधुनिक शैलीमा बनाइने घर, तिनमा प्रयोग हुने सामग्रीलगायतको प्रर्दशनी गरिने छ ।

आधुनिक शैलीका गुणस्तरीय निर्माण सामग्री र पछिल्लो प्रविधि मेलाको मूख्य आर्कषण रहने एएस इभेण्ट एण्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए । ‘जगदेखि निर्माण पछिको अन्तिम सजावटसम्मका सबै सामग्री र त्यसको प्रविधिका बारेमा सर्वसाधारण, व्यवसायी र सम्बद्ध पक्षलाई जानकारी गराउन एकै छानामुनि दुईवटा मेला आयोजना गर्न लागिएको हो,’ श्रेष्ठले भने मेलालाई उद्योग परिसंघ र चितवन उद्योग संघले प्रवर्द्धन गर्ने छन् ।

बिलासिताबाट अपरिहार्य बन्दै गएको फर्निचर तथा सजावटका उत्पादनलाई पनि एकै पटक मेलामा आकर्षणका रुपमा समावेश गरिएको अर्को आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

चार दिनसम्म चल्ने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment