Comments Add Comment

धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको सिफारिस

१५ पुस, काठमाडौं । पुँजी बजारको नियमक निकाय धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया छनोट समितिले अघि बढाएको छ । बोर्डको अध्यक्ष बन्न ८ जना आवेदन दिएकोमा ३ जना सर्ट लिस्टमा परेका छन् ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा बनेको ३ सदस्यीय समितिले बोर्ड अध्यक्षका लागि भिष्मराज ढुंगाना, निरज गिरी र डा. केशवप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । उनीहरु मध्येबाट एक जनालाई अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्ति गर्नेछ ।

बलियो दाबेदारका रुपमा हेरिएका बोर्डका निर्देशक डा. नबराज अधिकारीको नाम सर्टलिस्टमै परेको छैन । अधिकारीले आफू अध्यक्ष बन्ने पक्का भएको बताउँदै आएका थिए । नेकपा निकट भएकेा र अर्थमन्त्रीसँग पनि राम्रो सम्बन्ध भएकाले उनी ढुक्क देखिएका थिए ।

अध्यक्षका लागि बोर्डकै नेपाल स्टक एक्स्चेन्जका पूर्वप्रमुख सीताराम थपलिया, धितोपत्र बोर्डकै पूर्वसञ्चालक नीलसार मगर र ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिँजापतिसमेतले आवेदन दिएका थिए ।

सर्टलिस्टको पहिलो नम्बरमा पर्न सफल ढुंगानाले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका हुन् । अवकास पाएलगत्तै बोर्डकै सञ्चालकमा नियुक्त भएका ढुंगानालाई अध्यक्षको दाबेदारकै रुपमा हेरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको निकटता रहेको बताइन्छ । त्यसैले अध्यक्षमा उनको सम्भावना अधिक देखिएको छ ।

गभर्नर पूर्वएमालेले लिने र बोर्ड अध्यक्ष पूर्व माओवादीलाई दिने गरी राजनीतिक सहमति भएको खण्डमा भने श्रेष्ठे हुन सक्ने सम्भावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment