Comments Add Comment

प्रदेश ५ को प्रदेशसभा अधिवेशन माघ ५ मा

१५ पुस,बुटवल । प्रदेश ५  सरकारले प्रदेशसभाको अधिवेशन माघ ५ गते आह्वान गर्न सिफारिस गरेको छ । चार महिनापछि पहिलोपटक अधिवेशन डाकिएको हो । प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख यादवले आगामी माघ ५ गतेलाई प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १३८ को उपधारा (१) बमोजिम आगामी माघ ५ गते आइतबार दिनको १ बजेलाई प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चिरञ्जिवी पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

भदौ २२ गते वर्षे अधिवेशन स्थगित भएको थियो । आगामी अधिवेशनमा राजधानी र नामाकरणको विषय प्रवेश पाउने अपेक्षा गरिएको छ ।

करिब चार महिनासम्म प्रदेशसभा बैठक बस्न नसक्दा कानून निर्माणका काम अलपत्र छन् । प्रदेश सरकार स्थापनाको दुई वर्षसम्म करिव ४८ विधेयक, नियावली संसदबाट पारित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment