+
+
Shares

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १५ गते १७:३४

१५ पुस, काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ७ प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सञ्चाललनमा ल्याएको छ ।

प्रदेश १ को मोरङ जिल्लाको विराटनगर, प्रदेश २ को धनुषा जिल्लाको जनकपुर, प्रदेश ३ को ललितपुर, गण्डकी प्रदेशको कास्की जिल्लाको पोखरा, प्रदेश ५ को दाङ जिल्लाको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

त्यस्तै कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगर र सुदूर पश्चिम प्रदेशको डोटी जिल्लाको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालय मंगलबार स्थापना गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?