Comments Add Comment

कुटोकोदालोकै भरमा बाँदरझुलाका स्थानीयले खने सडक

फोटो सौजन्य : मदन स्याङतान ।

१५ पुस, काठमाडौं । प्रदेश २ को पर्साको ठोरी र प्रदेश ३ को चितवनलाई जोड्ने छोटो दुरीको वैकल्पिक मार्गमा मंगलबारदेखि दुई चक्के सवारी साधन मोटरसाइकल तथा साइकल सञ्चालनमा आएका छन् ।

कुटो कोदालोको सहायताले ठोरी-बाँदरझुला-कुसुमखोला-प्याउली हुँदै माडीको बगही पुग्ने वैकल्पिक बाटो स्थानीयले निर्माण गरेपछि यो सडक भएर मोटरसाइकल तथा साइकल गुड्न थालेको बाँदरझुलाका स्थानीय मदन स्याङतानले अनलाइनखबरलाई जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज भएर जाने ठोरी-माडी सडकखण्डमा यात्रा गर्दा हात्ती लगायतका जंगली जनावरको आक्रमणको जोखिम बढेपछि स्थानीयले कुटो कोदालोले खनेर साइकल तथा मोटरसाइकल गुड्ने बाटो बनाएको स्याङतानले बताए ।

पैदल मार्गको रुपमा रहेको ठोरी-बाँदरझुला-कुसुमखोला-प्याउली सडक खण्डमा मंगलबारदेखि मोटरसाइकल समेत गुड्ने थालेपछि ठोरी लगायत सुकुम्बासीबस्तीमा खुशीयाली छाएको उनले बताए ।

स्थानीयको सक्रियतामा निर्माण गरिएको बाटोबाट मंगलबार १५ वटा मोटरसाइकल ठोरी-माडी आउजाउ गरेको उनले बताए । स्थानीयबासिन्दा बिरामी पर्दा समेत यो वैकल्पिक मार्ग भएर रातको समयमा पनि उपचारका लागि माडी तथा भरतपुर लैजान सहज हुने उनले बताए ।

सुकुम्बासीबस्ति बाँदरझुलाका बासिन्दा जन्मदर्तादेखि लिएर वडाको सिफारिस लिन समेत माडीको बगही पुग्ने पर्ने बाध्यता छ । बाटोको सहज सुविधा हुन नसक्दा जन्मदर्तादेखि लिएर वडाको सिफारिस लिन समेत बगही पुग्नु पर्दा आर्थिक भारदेखि लिएर दिनभरीको समय खर्चेर सेवा लिनु पर्ने बाध्यता यहाँको स्थानीयमा रहेको उनले बताए । बाँदरझुला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले जितेको निर्वाचन क्षेत्र हो ।

स्थानीयको सक्रियतामा निर्माण गरिएको बाटो भएर यात्रा गर्दा छोटो दुरी पर्ने र गाउँ नै गाउँ भएर बाटो जाने भएकोले यात्रा समेत सुरक्षित रहेको उनले बताए । यो बाटो भएर ठोरी-माडी आउजाउ गर्न करिब १० किलोमिटर यात्रा गरेपुग्छ भने चितवन राष्ट्रिय निकुञ्जको सडक प्रयोग गर्दा करिब १४ किलोमिटरको यात्रा गर्नु पर्ने हुन्छ ।

छोटो दुरीको यो मार्ग भएर साइकल तथा मोटरसाइकल गुड्न नसक्दा चितवन राष्ट्रिय निकुञ्ज भएर जाने ठोरी-माडीको जोखिम पूर्ण यात्रा गर्न यस क्षेत्रका बाध्यता रहेको थियो ।

केही दिन अघि मात्रै चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको ठोरी-माडी सडकखण्डमा हात्तीले आक्रमण गर्दा मोटरसाइकलमा सवार बाबु-छोराको ज्यान गएको थियो । ठोरी-काठमाडौं चल्ने रात्री बसलाई हात्तीले बीच सडकमा रोकेर पटक पटक आक्रमण गर्ने प्रयास गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment