Comments Add Comment

भारतीय पर्यटनमन्त्री पनि आए नेपाल

१५ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन भारतीय पर्यटन प्रहृलाद सिंह पटेल नेपाल आइपुगेका छन् ।

उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वागत गरे । भ्रमण वर्षको औपचारिक उद्घाटन बुधवार दशरथ रंगशालामा हुँदैछ ।

यस समारोहमा सहभागी हुन चीनबाट सहायक पर्यटन मन्त्री नेपाल आइपुगेका छन् । जमैका र म्यानमारका पर्यटनमन्त्री समेत नेपाल आइपुगेका छन् ।

उनीहरुलाई मन्त्री भट्टराईले सोल्टी होटेलमा स्वागत गरेका हुन् । बुधबार विदेशी पर्यटन मन्त्रीहरुले सम्बोधन गर्नेसमेत कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment