
१५ पुस, चितवन । चितवनको कालिका नगरपालिका-९ मिलन बजारमा रहेको एनसेलको टावरमा मंगलबार साँझ आगजनी गरिएको छ ।
आगलागीको घटना थाहा पाउने वित्तिकै जुटपानी प्रहरी चौंकीबाट प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । टावरमा अहिले पनि आगो लागिरहेको स्थानीयले बताए ।
आगो कसले र किन लगायो भन्ने बारेमा केही खुल्न नसकेको कोइरालाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4