+
+
Shares

जनमोर्चाले राष्ट्रिय सभा चुनावमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १६ गते १३:४०

१६ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी र प्रदेश नम्बर ५ मा भाग लिने भएको छ । बुटवलमा सम्पन्न केन्द्रीय समिति बैठकले गण्डकी प्रदेशमा शंकर बराल र प्रदेश नम्बर ५ मा शिव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

१८ राष्ट्रिय सभा सदस्य चयनका लागि ९ माघमा निर्वाचन हुँदैछ ।

जनमोर्चाले बैठकले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता माथि गम्भीर खतरा उत्पन्न भएको निष्कर्ष निकालेको छ । महंगी, करवृद्धि, भ्रष्ट्राचार व्यापक रुपमा वृद्धि बढेको र सरकारले सही प्रकारले काम गर्न नसकेको बैठकको समीक्षा छ ।

संघीयताका गम्भीर दुष्परिणामहरु सतहमा आएकाले यसलाई खारेज गर्नुपर्ने जनमोर्चाको ठहर छ ।

संगठन विस्तारका लागि पार्टी अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय संगठन विस्तार परिचालन समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?