
१६ पुस, काठमाडौं । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले नेपाल विशेष सेवा विधेयक २०७६ सीआईए र रअ का एजेण्टलाई कारवाही गर्न ल्याइएको बताएका छन् ।
राष्ट्रियसभामा पेश भएको विशेष सेवा विधेयकमाथिको छलफलका क्रममा उनले देशकै विरुद्धका जासुसी गर्नेहरु पत्ता लगाउन टेलिफोन ट्यापिङ गर्नु ठीक भएको बताए ।
राष्ट्रियसभामा बुधबार छलफल भएको विशेष सेवा विधेयकमा सर्वसाधारणको टेलिफोन ट्यापिङलगायत व्यक्तिगत गोपनीयता हननको विषय पनि रहेको भन्दै सार्वजनिक आलोचना भएका बेला सांसद विडारीले उक्त व्यवस्थाको बचाउ गरेका हुन् ।
नेपालको आन्तरिक मामिलामा रअ र सीआईएका एजेण्टहरुले हस्तक्षेप गरेको र उनीहरुको खोजी गरी कारवाही गर्न विधेयक ल्याएको पनि सांसद विडारीको भनाइ छ ।
‘इन्टेलिजेन्स हो यसको मुख्य काम । अमेरिकाको सीआईए कुन कानुनले चल्छ ? नेपाल आएर काम गरिरहेका छन् । त्यसको तलब भत्ता यहाँका बेइमानहरुले खाएका छन् । त्यो नेपालले थाहा पाउनुपर्यो कि नाई ? त्यसले टेलिफोनमा कहाँ कुरा गर्छ सुन्नुपर्यो कि नाई ?’ उनले प्रश्न गरे ।
‘हैरान पारेको छ ‘रअ’ले नेपालमा । आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ । त्यसको एजेण्टको को हुन् ? खोजी खोजी कारवाही गर्ने भनेको छ । यो ऐनमा लेखेको छ । त्यसलााई कारवाही गर्ने किन नगर्ने ? गर्न लाग्यो खबरदार त्यसलाई गर्न लाग्यो भन्न मिल्छ ?
डकैती गर्नेलाई जेल सजाय हुने कानुन बन्यो भने हामीमाथि दोष लगाउने पो हो कि भनेर तर्सिन नहुने सांसद बिडारी बताउँछन् ।
खुकुरी, बन्दुक र बम मान्छे मार्नका लागि आविस्कार नभएको भन्दै उनले विधेयकमा भएका केही कुराहरु सच्याएर अगाडि बढ्न सकिने बताए । ‘हामीजस्ता मान्छे संसदमा छौँ । बेठिक कानुन बन्न दिँदैनौ । मौलिक अधिकारको हनन गर्न दिँदैनौं । हामी यसलाई हेर्छौ बुझ्छौ । त्यसलै काम गर्छौ । देशको विरुद्धमा जान दिँदैनौ । सरकारले ल्याएको विधेयक ठीक छ भन्ने छैन, सच्याएर पास हुन्छ’ सांसद विडारीले भने ।
विडारीले प्रतिपक्षि सांसदले प्रेमी प्रेमिकाबीचको टेलिफोन कुरा पनि ट्याप गर्छ भनेर वाहियात कुरा गरेको आरोप लगाए ।
प्रतिक्रिया 4