Comments Add Comment

दुबई पुगेका १० नेपाली अलपत्र

१७ पुस, विराटनगर । वैदेशिक रोजगारीका लागि करिब १५ दिनअघि दुबई पुगेका १० नेपाली अलपत्र परेका छन् । डिसेम्बर १४ तारिखमा दुबई पुेगका उनीहरु अलपत्र परेका हुन् ।

काठमाडौंको म्यानपावर कम्पनीमार्फत दुबई पुगेका उनीहरुलाई सम्झौता अनुसारको काम र पारिश्रमिक दिइएको छैन् । खान बस्नसमेत नपाएको उनीहरुले बताएका छन् ।

प्रतिव्यक्ति एकलाख ३० हजारभन्दा बढी खर्च गरेर रिलाइबल र जीसीडी मेनपावर कम्पनीमार्फत दुबई पुगेर अलपत्र परेका उनीहरुले घर र्फकने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

एयरोलिंक कम्पनीको काम भन्दै मेनपावर कम्पनीले एक लाख ३० हजार रुपैयाँ लिएको थियो । तर कामदार सप्लाई गर्ने रोयल कम्पनीमा पठाएपछि उनीहरुले घर र्फकने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

कम्पनीले दिन दिनै अलगअलग ठाँउमा मजदुरी गर्न पठाएको तर खान र बस्न नदिएपछि उनीहरु अन्य नेपाली कामदारको सरणमा बसिरहेका छन् ।

दुबईमा अलपत्र परेका उदयपुरका रामनरेश चौधरी, सुनसरीका लिबछ साफी, सादिक मियाँ, नवलपरासीका तेजबहादुर कुमाल, धनुषाका गोबर्धन न्यौपाने, उदयपुरका मोहन घिमिरे र कैलालीका अनिल साहलगायतले स्वदेश र्फकने वातावरण मिलाइदिन आग्रह गरे ।

घर फर्कान भन्दै म्यानपावर कम्पनीलाई बारम्बार आग्रह गर्दा धम्क्याउने गरेको उनीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment