Comments Add Comment

अण्डा र पिठोको युद्ध लड्ने अनौठो परम्परा

निकै अनौठा खालका पर्व तथा परम्पराहरुका लागि युरोपेली मुलुक स्पेन चर्चित छ । केही दिनअघि मात्र स्पेनको एलकान्टे प्रान्तस्थित इबी सहरमा २ सय वर्ष पूरानो पिठो युद्ध फेस्टिबल मनाइयो ।

उक्त पर्वका क्रममा मानिसहरुले एक अर्कामा कुहेका अण्डा, गहुँको पिठो तथा रङ र पटका समेत राखेर एक अर्कालाई हिर्काए ।
हरेक वर्ष २८ सेप्टेम्बरमा मनाउने गरिएको उक्त पर्वलाई प्रेम र मित्रताको लडाइँको प्रतिकका रुपमा लिइन्छ । यो पर्वमा बिहान ८ बजेदेखि युद्ध सुरु हुन्छ र दिउसो झण्डै २ बजेसम्म चलिरहन्छ ।

उक्त पर्वका क्रममा यस पटक २२ हजार भन्दा धेरै अण्डा र करीब १३ टन पिठो फ्याँकिएको बताइएको छ ।

रोचक कुरा त के भने यो युद्धमा सहरका हरेक बासिन्दाले भाग लिनु पर्दछ । यदि कोही मानिस यसमा सहभागी नभएमा नियम उल्लंघन गरेको मानिन्छ र जरिवाना तिराइन्छ । त्यसरी जरिवाना बापत प्राप्त रकम कल्याणकारी कार्यमा खर्च गरिन्छ ।

यसपटकको फेस्टिबलमा केवल स्पेनी मात्र होइन जापान, दक्षिण कोरिया, बेलायतलगायतका १२ देशका पर्यटकहरु समेत सामेल भए ।

स्मरण रहोस् स्पेनमा हरेक वर्ष हुने ला टोमाटिना अर्थात् गोलभेँडा युद्ध पर्व समेत विश्वभर चर्चित छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment