Comments Add Comment

पायोनियर केबलको डिलरमा प्रहरीको छापा

१८ पुस, काठमाडौं । पायोनियर केबलको थापाथलीस्थित आधिकारिक विक्रेताको पसलमा प्रहरीले शुक्रबार छापा मारेको छ ।

तारको ‘रोल’मा मिटर नै घटेको भन्दै पीडितले उजुरी दिएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले छापा मारेको हो ।

महाशाखा प्रमुख एसएसपी शहकुल थापाले पायोनियर इलेक्ट्रिक केबलको काठमाडौंका लागि आधिकारिक विक्रेता महेन्द्र साडालाई पनि पक्राउ गरिएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘हामीले १० रोल ल्याएर परीक्षण गर्दा सबैमा ५ देखि १६ मिटरसम्म कम भएको पाइएको छ ।’

उनले थप परीक्षणका लागि विराटनगरमा रहेको तारको उद्योगलाई पनि पत्राचार गरिने उनले जनाए । एसी, सोलार जस्ता ‘हेभी’ उपकरणमा प्रयोग हुने तारमा समस्या भेटिएको हो ।

थापाका अनुसार पक्राउ परेका साडामाथि ठगी सम्बन्धी कसूरमा मुद्दा चल्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment