+
+
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको प्रतिमा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १९ गते १४:४३

१९ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गर्न विभिन्न काम भइरहेका छन् । यसक्रममा शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरिएको छ ।

संस्कति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रतीमाको अनावरण गरेका छन् । शनिबार स्थापित प्रतीमा करिब एक टन तौलको छ । प्रतीमाको माथिल्लो भागमा अंग्रेजीमा ‘भगवान बुद्धको भूमि’मा स्वागत छ भन्ने लेखिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विमानस्थललाई बुटिक बनाउन अरु काम पनि भएका छन् । बगैँचाहरुको व्यवस्थापन गर्नेदेखि गैँडाका मुर्ति राख्नेसम्म काम भएका छन् । यस्तै विमानस्थलको टर्मिनलका अधिकतम् भागमा कलात्मक मूीर्त र काष्ठकलाका सामाग्री राखेर सजाइँदैछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?