Comments Add Comment

‘छपाक’मा लगानी मेरै हो, रणवीरको होइनः दीपिका

बलिउड नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’ जनवरी १० बाट रिलिज हुँदैछ । एसिड आक्रामणमा परेकी लक्ष्मी अग्रवालको कथामा यो चलचित्र बनेको छ ।

यो चलचित्रको निर्माताको रुपमा दीपिका पनि छिन् । उनले केए ब्यानरमा यो चलचित्र निर्माण गरेकी हुन् । चलचित्रको गीत रिलिज कार्यक्रममा दीपिकालाई चलचित्रमा लगानी गरेको रकम रणवीरको हो भनेर प्रश्न सोधिएको थियो । अब एउटै परिवार भएकाले पनि रणवीरको पनि लगानीमा साझेदारी होलानी भनेर पत्रकारले प्रश्न गरे ।

जुन प्रश्नको जवाफ दिदै दीपिकाले भनिन्–‘होइन, यसमा जती पनि लगानी छ, त्यो मेरो आफ्नै हो ।’

उनले, आफूले कमाएको रकम नै चलचित्रमा लगानी गरेको सुनाइन् । दीपिकाले चलचित्र ‘महाभारत’मा पनि लगानी गर्न लागेको जानकारी दिइन् । यो चलचित्रमा दीपिका ‘द्रौपदी’को भूमिकामा देखिदैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment