+
+
Shares

नेकपा संसदीय दलको बैठक : केन्द्रीयता लादेको भन्दै सांसदको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १९ गते १९:५३

१९ पुस, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलमा नेताहरुले प्रदेशको नाम र राजधानी पार्टी सचिवालयले तोकेकोमा विरोध गरेका छन् ।

शुक्रबारबाट सूरु भएको बैठकमा सांसदहरुले प्रदेशसभाबाट टुङ्ग्याउनुुपर्ने बिषयलाई पार्टी सचिवालयले गरेर केन्द्रीयता लादेको बताए । प्रदेशको नाम र राजधानीबारे तल्लो तहमा छलफल नै नगरी पार्टीले निर्णय गरेको उनीहरुको गुनासो छ ।

प्रदेशको राजधानी हेटौंडा भुगोलको हिसाबले अपायक ठाउँ भएको समेत कतिपयले बताएका छन् ।

मकवानपरुका साथै काठमाडौ र सिन्धुलीका केही ससदले भने हेटौंडालाई नै राजधानी कायम गर्न जोड दिएका छन् । अस्थायी रुपमा कायम भएको भएपनि धेरै संरचना निर्माण भएकाले हेटौंडाको विकल्प खोज्न नहुनेमा उनीहरुको जोड थियो ।

सांसदहरुको विरोधका बाबजुद प्रदेशको नाम र राजधानीबारे संसदीय दलले पार्टीको निर्देशनविपरित जाने अवस्था नभएको समेत एक नेताले बताए । उनले भने-‘धेरैको असन्तुष्टि भुगोल भन्दा पनि संविधानअनुसार विधि र प्रक्रिया भएन भन्ने मात्र हो । तर सचिवालयको निर्णयलाई मान्नुको विकल्प छैन ।’

पहिलो दिन २३ जनाले बोलेको र बैठक भोलिसम्म चल्ने मुख्य सचेतक रामेश्वर फुयालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?