Comments Add Comment

‘कामना अवार्ड’मा नम्रता र विपिन उत्कृष्ट, स्वस्तिमालाई ‘पपुलर अवार्ड’

ललितपुरमा आयोजना भएको ‘कामना फिल्म अवार्ड’को पाँचौ संकरणमा चलचित्र ‘प्रसाद’ उत्कृष्ट ठहरिएको छ । यो चलचित्रबाट दिनेश राउतले ‘उत्कृष्ट निर्देशक’को अवार्ड हात पारे । यस्तै, यही चलचित्रबाट नम्रता श्रेष्ठले ‘उत्कृष्ट नायिका’को अवार्ड हात पार्दा विपिन कार्कीले ‘उत्कृष्ट नायक’को अवार्डको जितेका छन् ।

यो पनि पढ्नुहोस कामना अवार्डमा नीर शाह र सन्तु तामाङलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

चलचित्र ‘प्रसाद’बाटै सुशिल पौडेलले ‘उत्कृष्ट पटकथा’को अवार्ड जितेका छन् । यस्तै, नायिका स्वस्तिमा खड्काले ‘कामना पब्लिक च्वाइस अवार्ड’ जितेकी छिन् । यस्तै, उत्कृष्ट ‘सह–अभिनेता’मा दयाहाङ राइले चलचित्र ‘साइँली’बाट अवार्ड जित्दा ‘सह–अभिनेत्री’को अवार्ड नायिका प्रियंका कार्कीले ‘नाई नभन्नु ल ५’बाट प्राप्त गरिन् ।

नव–नायकको अवार्ड चलचित्र ‘बोबी’बाट उमेश थापाले जित्दासुहाना थापाले चलचित्र ‘ए मेरो हजुर ४’बाट ‘उत्कृष्ट नव–नायिका’को अवार्ड जितिन् । यस्तै, चलचित्र ‘डमरुको डण्डिबियो’बाट खगेन्द्र लामिछानेले ‘उत्कृष्ट कथाकार’को अवार्ड जिते भने यही चलचित्रबाट छेतेन गुरुङले ‘उत्कृष्ट नव–निर्देशक’को अवार्ड प्राप्त गरे ।

खलपात्रको अवार्ड चलचित्र ‘कथा काठमाण्डु’बाट प्रमोद अग्रहरिले प्राप्त गर्दा चलचित्र ‘डमरुको डण्डिबियो’बाट निमेष श्रेष्ठले ‘उत्कृष्ट सम्पादक’को अवार्ड जिते । दीपकराज गिरीले चलचित्र ‘छक्का पन्जा ३’बाट ‘उत्कृष्ट संवाद’को अवार्ड जित्दै गर्दा यही चलचित्रबाट ‘उत्कृष्ट हाँस्य कलाकार’को अवार्ड केदार घिमिरेले प्राप्त गरे ।

बाल–कलाकारको विधामा सेड्रिना शर्माले चलचित्र ‘नाई नभन्नु ल ५’बाट अवार्ड प्राप्त गरिन् । यस्तै, चलचित्र ‘भिलेन’बाट शुक्रराज शाहले ‘उत्कृष्ट द्धन्द्ध निर्देशक’को अवार्ड प्राप्त गर्दा एलिस कार्कीले चलचित्र ‘डमरुको डण्डिबियो’बाट ‘उत्कृष्ट पाश्र्व संगीत’ विधामा अवार्ड प्राप्त गरे ।

‘उत्कृष्ट संगीतकार’को विधामा बसन्त सापकोटाले चलचित्र ‘नाई नभन्नु ल ५’बाट अवार्ड प्राप्त गर्दा यही चलचित्रबाट दिनेश थपलियाले ‘उत्कृष्ट गीतकार’को विधामा अवार्ड जितेका थिए । ‘नाई नभन्नु ल ५’बाटै पुरुषोत्तम प्रधानले ‘उत्कृष्ट छायांकार’को विधामा अवार्ड जितेका थिए ।

उत्कृष्ट पाश्र्व गायन विधामा हेमन्त रानाले ‘साइँली’ चलचित्रबाट अवार्ड जिते । चलचित्र ‘छक्का पन्जा ३’बाट सुनयमान श्रेष्ठले ‘उत्कृष्ट ध्वनी मिश्रण’को अवार्ड जित्दै गर्दा श्याम लामाले चलचित्र ‘चक्कर’बाट ‘उत्कृष्ट श्रृङ्गार’ विधामा अवार्ड प्राप्त गरेका थिए ।

अवार्ड समारोहमा ‘पुस्करलाल मिडिया अवार्ड’बाट आरे के मानन्धरलाई सम्मानित गरिएको थियो । यी बाहेक ‘क्रिटिकस अवार्ड थिएटर’ विधामा श्रृजना सुब्बा, क्रिटिक्स अवार्ड फेसनमा ज्ञानी शोभा तुलाधर, क्रिटिक्स अवार्ड संगीतमा न्ह्यू बज्रचार्यले अवार्ड प्राप्त गरे । ‘जुरी अवार्ड’ चलचित्र ‘हरि’लाई प्रदान गरिएको थियो ।

अवार्ड समारोहलाई काठमाण्डौको चिसो मौसमले केही असर गरेको देखियो । तर, कलाकारहरुको उपस्थिती अवार्ड समारोहमा राम्रै थियो । कार्यक्रममा विभिन्न कलाकारले नृत्य, गायन तथा कमेडी प्रस्तुति पस्केका थिए । नायक राजेश हमालको कार्यक्रम संचालन कार्यक्रमको आकर्षणमा थियो ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment