+
+
Shares

परिवारले अुर्जनको शव नेपाल ल्याउनसमेत पाएन

विकास मरहट्टा विकास मरहट्टा
२०७६ पुष १८ गते २०:०५
गोरखास्थित अर्जुनको घर ।

१८ पुस, गोरखा । जम्मू कश्मीरको लाइन अफ कन्ट्रोलमा गोली हानाहान हुँदा ज्यान गुमाएका भारतीय सेनामा कार्यरत अर्जुन थापा मगरको शुक्रबार सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उनको भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्प परिसरमा सम्मानका साथ अन्त्येष्टि भयो । गत वुधबार गोली लागेर अर्जुनको मृत्यु भएको खबर आएपछि परिवार काँकडभिट्टा पुगेको थियो ।

गोरखा नगरपालिका–५ रिप घर भएका अर्जुनको शव ल्याउने योजनाका साथ बुवा प्रेमबहादुर र श्रीमती सरिता भारत गएका थिए ।

तर उनीहरुले शव नेपाल ल्याउन पाएनन् । बरु आफैं बागडोगरा पुगेर अन्त्येष्टि गरेका छन् । बुवा प्रेमबहादुरले छोराको शवमा दागवत्ती दिए । अन्त्येष्टिमा भारतीय सेनाले सलामी दिएको थियो ।

भारतीय सेनामा कार्यरत नेपालीहरुको मृत्यु भएमा शव उतै अन्त्येष्टि गर्ने प्रचलन रहेको गोरखा भारतीय भूपू सैनिक कल्याणकारी सेवा केन्द्रका अध्यक्ष कृष्णबहादुर गुरुङ बताउँछन् । ‘सेनामा कार्यरत हुँदा ज्यान गयो भने परिवारलाई भारतमै बोलाउने प्रचलन छ,’ अनलाइनखवरसँग उनले भने, ‘अहिलेसम्म शव नेपाल ल्याएको मैले थाहा पाएको छैन ।’

नेपाली भूमिमा अत्येष्टि गर्दा भारतीय सेनाले सम्मानसहित सलामी दिन नपाउने भएकाले परिवार उतै बोलाउने गरिएको केन्द्रका पूर्वअध्यक्ष तेजबहादुर गुरुङले बताए । ‘शव नेपाल ल्याउनै नपाउने भन्ने त होइन तर नेपालमा भारतीय सेनाबाट पाउने सलामी दिन सम्भव हुँदैन । त्यसैले परिवारलाई उतै बोलाउँछन् ।’

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?