Comments Add Comment

‘माइकल अधिकारी’ चैत्र २८ मा रिलिज होला त ?

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘माइकल अधिकारी’लाई चैत्र २८ गते रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । छायांकनमै नगएको यो चलचित्रलाई चैत्र २८ मा रिलिज गर्न निर्माणपक्षलाई सहज भने छैन ।

यो चलचित्रलाई रञ्जित रौनियारले निर्देशन गर्दैछन् । चलचित्रको छायांकन चाडै नै सुरु हुने निर्माणपक्षले बताएपनि अझै सुरु भएको छैन । यसैले, चलचित्र छायांकन सुरु गरेर ३ महिनामै रिलिज गर्न निर्माणपक्षले ठूलै मिहिनेत गर्नुपर्ने हुन्छ । चलचित्रको चर्चाका लागि मात्र चैत्र २८ लाई प्रदर्शन मिति तोकिएको अड्कल समेत लगाइएको छ ।

यो चलचित्रलाई काठमाण्डौमा रिच इन्टरटेन्मेन्ट र काठमाण्डौ बाहिर श्रीकृष्ण फिल्मस्ले वितरण गर्दैछ । चलचित्रले सेरोगेसी बेबीको कथालाई उठान गर्नेछ ।

चलचित्रका वितरक करणले भने–‘हामीले चैत्र २८ मा ल्याउने तयारी गरेका छौ । तर, चलचित्रको छायांकन निर्धारित समयमा सकिएन भने समस्या हुनसक्छ । छायांकन निर्धारित समयमा नै सकियो भने चलचित्र चैत्र २८ मै रिलिज हुन्छ ।

उद्धव पौडेलको प्रस्तुतिमा निरक पौडेलले निर्माण गर्न लागेको चलचित्रका लागि अन्य कलाकार भने फाइनल भएका छैनन् । यो मितिमा ‘चपली हाइट ३ र प्रेमगीत ३’ आउने पक्का भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment