Comments Add Comment

३४ बर्षमा दीपिका

बलिउड नायिका दीपिका पादुकोण आजबाट ३४ बर्षमा प्रवेश गरेकी छिन् । सन् १९८६ जनवरी ५ मा उनी डेनमार्कको कोपेनहेगनमा जन्मिएकी हुन् । दीपिका चलचित्रमा आउनु भन्दा अगाडि ब्याडमिन्टन खेलाडी थिइन् । उनै, दीपिकाले चलचित्रमा आउनु अगाडि म्यूजिक भिडियोमा काम गरेकी थिइन् ।

सन् २००७ मा रिलिज भएको चलचित्र ‘ओम शान्ती ओम’मा काम गरेपछि दीपिकाको बलिउड यात्रा सुरु भएको हो । यो चलचित्र बक्स अफिसमा हिट मात्र भएन, दीपिकाको कामको तारिफ पनि भयो । यसपछि, भने दीपिकाले पछाडि फर्किएर हेर्नुपरेको छैन ।

यसपछि, दीपिकाले करिब २५ वटा चलचित्रमा काम गरिसकेकी छिन् । बलिउडमा करिब १३ बर्ष लामो यात्रामा दीपिकाले सफलताको झन्डा नै गाडेकी छिन् । ‘रामलिला, बाजिराओ मस्तानी, पद्यमावत’ जस्ता चलचित्रमा दीपिकाले गरेको अभिनयको प्रशंसा पनि खुबै भयो ।

दीपिकाले नायक रणवीर सिंहसँग गतबर्ष बिहे गरेकी हुन् । दीपिका र रणवीर करिब ६ बर्ष भन्दा बढी समय प्रेम सम्बन्धमा थिए । दीपिका अहिले चलचित्रको निर्मात्री समेत बनिसकेकी छिन् ।

उनले अभिनय तथा निर्माण गरेको चलचित्र ‘छपाक’ आउँदो शुक्रबारदेखि रिलिज हुँदैछ । दीपिका अहिले यही चलचित्रको प्रमोशनमा बढी व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment