+
+
Shares

त्रिवि हाताभित्र रहेको प्रहरी चौकी हटाइने

एक साताभित्र स्ववियु चुनावको मिति घोषणा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २० गते १३:४८

२० पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको हाताभित्र रहेको प्रहरी चौकी हटाइने भएको छ ।

लामो समयदेखि विद्यार्थीले चौकी हटाउन माग गर्दै आन्दोलन गरेपछि आइतबार तत्काल हटाउने सहमति भएको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय र नेविसंघबीच भएको वार्ताबाट सहमति प्रहरी चौकी हटाउने सहमति भएको हो ।

सहमति पत्रमा निर्देशनालयका कार्यकारी निर्देशन गंगाबहादुर थापा मगर र नेविसंघका त्रिवि समिति सचिव योगन्द्र रावलले हस्ताक्षर गरेका छन् ।

कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पस हातामा प्रहरी चौकी थियो । शैक्षिक संस्थामा प्रहरी चौकी राख्न नहुने भन्दै नेपाल विद्यार्थी संघले निरन्तर आन्दोलन गर्दै आएको थियो ।

यस्तै स्ववियु निर्वाचनको मिति एक हप्ताभित्र र र कार्यतालिका एक महिना अगावै सार्वजनिक गर्ने, त्रिविमा राजनीतिक आस्थाका आधारमा कसैलाई पनि भेदभाव नगर्नेलगायत सहमति पनि भएका छन् ।

यस्तो छ सहमति पत्र –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?