+
+
Shares

सर्वाधिक उपयुक्त पात्र सभामुख हुन्छ : प्रवक्ता श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २० गते १३:५३

२० पुस, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वाधिक उपयुक्त पात्रलाई पार्टीले सभामुखको उम्मेदवार बनाउने बताएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिन आइतबार पोखरा पुगेका उनले पत्रकारहरुको जवाफमा सभामुखको उम्मेदवार चयन गर्दा पूर्वएमाले र पूर्वमाओवादी नभनी नेकपाको सर्वाधिक उपयुक्त पात्र चयन गरिने बताएका हुन् ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेल् राजीनामा दिएपछि बल्ल पार्टीले सभामुखमा उम्मेदवारी दिन पाउने भन्दै श्रेष्ठले उपसभामुखले सहज रुपमा राजीनामा दिने विश्वास व्यक्त गरे । ‘सहज रुपमा उपसभामुखले राजीनामा दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ,’ श्रेष्ठले भने, ‘त्यसपछिमात्र संविधान संवत ढंगले पार्टीले दाबी गर्न मिल्छ ।’

प्रतिनिधिसभाको बैठकको सेरोफेरोमा पार्टीले सभामुखको उम्मेदवार पनि चयन गर्ने उनले बताए । बैठक पुस २७ गतेका लागि तोकिएको छ । राष्ट्रियसभाको निर्वाचनलगायत कारणले पार्टीको केन्द्रीय समिति बैठक पछाडि सारिएको पनि श्रेष्ठले बताए ।

आइतबार राष्ट्रियसभा सदस्यमा  उम्मेदवारी दिएपछि उनले पार्टीले संसदमा रहेर काम गर्न आवश्यक देखेकाले आफू उम्मेदवार बनेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?