
२० पुस, डोटी । माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका दुई पदका लागि चार जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नेपाल कम्युनिस्ट पार्टीर् (नेकपा) को तर्फबाबट दुई र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तर्फबाट दुईजनाको उम्मेदवारी परेको हो ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार महिला कोटामा नेकपाको तर्फबाट शारदा भट्टको उम्मेदवारी परेको छ ।
भट्टले सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्णा जोशीको प्रस्ताव र डोटी दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको समर्थनसहित उम्मेद्वारी दर्ता गरेकी हुन् ।
कैलाली निवासी भट्ट नेकपा केन्द्रीय सल्लाहकार समिति प्रस्तावित सदस्य हुन् । पुराना कम्युनिस्ट नेतृ भट्ट साविकको एमालेकी नेतृ हुन् ।
सोही पदका लागि नेपाली कांग्रेसको तर्फबाट कैलालीकी तुलक्षी देवकोटाले उम्मेदवारी दर्ता गराएकी छिन् । देवकोटाले डोटी शिखर नगरपालिका प्रमुख सिताराम जोशीको प्रस्ताव र के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् । देवकोटा नेपाली कांग्रेस कैलाली जिल्ला सल्लाहकार समिति सदस्य हुन् ।
यस्तै अन्य कोटाका लागि नेकपाको तर्फबाट तारामान स्वाँर (टिएम) ले उम्मेदवारी दर्ता गरेका छन् । उनले प्रदेश सभा सदस्य नन्दबहादुर साउँदको प्रस्ताव र डोटी बोगटान फ्ड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिलाको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन । स्वाँर साविकको माओवादी केन्द्रका नेता हुन । अछाम जिल्ला निवासी उनी हाल नेकपाका केन्द्रीय सदस्य एवम् अछाम जिल्ला ईन्चार्ज हुन् ।
सोही पदमा नेपाली कांग्रेसको तर्फबाट दार्चुलाका प्रतापसिं ठगुल्लाले उम्मेदवारी दर्ता गराएका छन् । उनले के आई सिंह गाउँपालिका उपाध्यक्ष मिनादेवी बिष्टको प्रस्ताव र शिखर नगरपालिकाका उपप्रमुख धौलीदेवी रावलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । ठगुन्ना नेपाली कांग्रेस महासमितिका पूर्वसदस्य हुन् ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभाका लागि महिला एक र अन्य एक गरी दुई जनाका लागि निर्वाचन हुँदैछ । गोला तान्दा महिला कोटाकी कमला कुमारी ओली र अन्य कोटाका बद्रीप्रसाद पाण्डेको कार्यकाल दुई वर्षकोे भएपछि दुवै पदमा निर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया 4