Comments Add Comment

चैत्र १५ मा टुँडिखेलमा ‘नेफ्टा अवार्ड’ हुने

चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संकरण नेपालमा आयोजना हुने भएको छ । यसअघिका ४ वटा संकरण प्राविधिक संघले विदेशमा आयोजना गरेको थियो । विगत २ बर्षदेखि भने यो अवार्ड आयोजना हुन सकेको थिएन ।

काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा नेफ्टाले यो बर्षको अवार्ड चैत्र १५ गते आयोजना गर्ने जानकारी दिएको छ । यो बर्ष नेफ्टाले अवार्ड कार्यक्रम ‘ड्रिम हाइ नेपाल’सँग सहकार्य गर्दै आयोजना गर्न लागेको हो ।

‘ड्रिम हाई नेपाल’ले नेपालमा थुप्रै कार्यक्रमहरु सफलतापूर्वक आयोजना गर्दै आएको छ । यसअघि नायक अनमोल केसीको कन्सर्ट पनि यही संस्थाले गरेको थियो । यसका प्रमुख कमल जीसीले भने–‘नेफ्टा अवार्डको ब्रान्ड र विश्वसनियतालाई हेरेर हामीले सहकार्य गरेका हौं । टुँडिखेलमा भव्यताका साथ अवार्डको आयोजना हुनेछ ।’

नेपाल भ्रमण बर्षलाई लक्षित गर्दै यो बर्ष अवार्ड कार्यक्रम नेपालमै आयोजना गर्न लागेको नेफ्टाका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिनेछ । साथमा, ‘पपुलर चलचित्र, पपुलर नायक, पपुलर नायिका, जनजाती फिल्म तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिनेछ ।

घोषणा कार्यक्रममा नायक राजेश हमाल, भूवन केसी लगायतले चलचित्र प्राविधिकहरुको योगदान चलचित्र क्षेत्रमा उल्लेखनिय रहेको बताए । कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल प्रमुख अतिथीको रुपमा उपस्थित थिए । उनले, चलचित्रकर्मीहरुलाई पर्दामा प्रहरीले गरेका राम्रा कुराहरुलाई पनि बिषयवस्तु बनाइदिन आग्रह गरे ।

कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजको नयाँ नेतृत्वलाई स्वागत समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment