
नायिका करिश्मा मानन्धर नेपालमा आयोजना हुने विभिन्न अवार्ड समारोहमा पुग्ने गर्छिन् । करिश्माको उपस्थिती चलचित्रकर्मी र मिडियाकर्मीका लागि पनि विशेष हुने गर्दछ ।
उनै, करिश्मा शनिबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा पनि पुगिन् । तर, उनलाई यो अवार्डको समय भने ठिक लागेन । पौष महिनामा अवार्ड भएको भन्दै करिश्माले असन्तुष्टी जनाइन् । उनले, अब अवार्ड आयोजना गर्दा समय पनि राम्रो हेर्नुपर्यो भन्दै आयोजकलाई प्रतिक्रिया दिइन् ।
पौष महिना जाडो महिना हो । करिश्माले कार्यक्रममा आकर्षक पहिरन लगाएर पुगेकी थिइन् । तर, जाडो महिना भएकाले उनले बाक्लो पहिरन पनि लगाएकी थिइन् । करिश्मा कार्यक्रममा पुगेसँगै आफूले लगाएको बाक्लो पहिरन त हातमा बोकिन् । तर, उनले जाडो महशुश गरेको हुनुपर्छ । यसैले पनि उनले अवार्ड आयोजना हुने समय परिवर्तन गर्न आयोजकलाई आग्रह गरेकी थिइन् । उनले, कामना पत्रिकाले चलचित्र क्षेत्रमा पुर्याएको योगदानको भने कदर गरिन् ।
जाडो महिनामा कलाकारले आफूले चाहे अनुसारको पहिरन लगाउन पाउँदैनन् । अर्कोतिर, अवार्डमा सहभागी हुन पनि सजिलो हुँदैन । यसैले पनि आयोजकले करिश्माको सल्लाहा सुन्ने पो हो कि ?
प्रतिक्रिया 4