Comments Add Comment

को हुन् नबोली दर्शकलाई हसाउँने ‘मिस्टर विन’ ?

सामाजिक संजालमा ‘मिस्टर विन’को भिडियो नहेर्ने कमै होलान् । अझ भनौ उनको भिडियो हेरेर नहाँस्ने कमै होलान् । मिस्टर विनले भिडियोमा कुनै संवाद बोल्दैनन् । उनले नबोली नबोली नै शारीरिक हाउभाउले र विभिन्न उट्पट्याङ क्रियाकलापले दर्शकलाई हसाउने गर्छन् ।

मिस्टर विनको चलचित्र, छोटा भिडियो, कार्टुन लगायत धेरै खुराकहरु युट्युबदेखि फेसबुकमा प्रशस्तै भेटिन्छन् । उनले भिडियोमा देखाउने स्टाइलकै कारण उनलाई धेरैले रुचाएका छन् । भिडियो सम्पादन र पृष्ठभूमिको संगीतले पनि उनको भिडियोलाई रोचक बनाउँछ । उनी संसारभर नै चर्चित छन् ।

मिस्टर विनको भिडियोमा उनी बच्चा जस्तै हर्कत गर्छन् । अनेक झमेलामा पर्छन् । दुःख खेप्छन् । तर, भिडियोको अन्त्यमा जहिल्यै उनी बाठो चाल चल्छन् र झमेलाबाट मुक्त हुन्छन् । उनको भिडियो थिम प्राय यस्तै हुन्छ । उनले भोगेको झमेला र क्लाइमेक्समा लगाएको जुक्तिले नै दर्शकलाई मनोरञ्जन दिन्छ । दर्शकलाई हाँसोको फोहरा छुटाउँछ ।

‘मिस्टर विन’ले आज आफ्नो ६५ औँ जन्मदिन मनाउँदै छन् । मिस्टर विनको नामले विश्वप्रख्यात बनेका यी कलाकारको नाम भने अर्कै छ । सन् १९५५ मा जन्मिएका उनको वास्तविक नाम रोवान एटकिन्स हो । उनी बेलायतमा जन्मिएका हुन् । सानै उमेरदेखि रमाइलो गर्न रुचाउने उनी जहाँ पनि कमेडी गर्न अगाडि सर्थे ।

जब रोवान अक्सफोर्ड युनिभर्सिटीमा स्नातोकोत्तर गर्दै थिए सोही समयमा उनले ’मिस्टर विन’को कल्पना गरेका थिए । नबोली पनि दर्शकलाई हसाउन सक्छु भन्ने विश्वास सहित उनले भिडियो निर्माण सुरु गरेका थिए । उनले सोचेको कुरा सफल भयो ।

मिस्टर विनले केही चलचित्रमा पनि काम गरेका छन् । उनले ‘विन’ नामक चलचित्रबाट डेब्यु गरेका हुन् । जुन चलचित्र निकै हिट भएको थियो । उक्त चलचित्रको सफलतापछि उनलाई नै केन्द्रिय भूमिकामा लिएर ‘मिस्टर विन्स होलिडे’ चलचित्र बनाइएको थियो ।

यसपछि मिस्टर विनले ‘फोर वेडिंग्स एन्ड ए फ्युनरल, हट शट्स, जनी इंग्लिश रिबोर्न’ लगायत हिट चलचित्रमा काम गरेका छन् ।

पछि मिस्टर विनले आफूले कमेडियन बनेर हसाउने उमेर गएको भन्दै चलचित्रबाट सन्यास लिए । तर, ५ वर्षको विश्रामपछि उनी पुनः चलचित्रमा फर्किए । उनले ‘टप फन्नी कमेडियन’ नामक चलचित्रबाट कमब्याक गरेका थिए ।

अहिले पनि मिस्टर विन भिडियो बनाइरहेका छन् । दर्शकलाई मनोरञ्जन दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment