+
+
Shares

सूचना प्रविधि विधेयक स्वतन्त्रता संकुचित गर्ने रणनीति : समाजवादी पार्टी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २१ गते १७:३८

२१ पुस, काठमाडौं । गत महिना सरकारबाट बाहिरिएको समाजवादी पार्टीले प्रतिनिधिसभामा प्रस्तुत सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन गर्न माग गरेको छ ।

विधेयक मानव अधिकार, नागरिक स्वतन्त्रता, लोकतन्त्र र प्रेस स्वतन्त्रताको प्रतिकूल र प्रतिगमनकारी रहेको पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘यसकारण सूचना प्रविधिसम्बन्धी विधेयकलाई परिमार्जन नगरी जारी नगरियोस्’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्षेत्रलाई संकुचित गर्न खोजेको, मिडिया विधेयकबाट मिडियामाथि अनावश्यक नियन्त्रण गर्न खोजेको भन्दै समाजवादी पार्टीले एकमाथि अर्को गर्दै वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने सरकारको वर्तमान रणनीति देखिएको आरोप लगाएको छ ।

संसदमा दर्ता विधेयक सामाजिक सञ्जालको प्रयोगमा नियन्त्रण गर्नु र यसबाट अभिव्यक्ति स्वतन्त्रतालाई संकूचित गर्ने उद्देश्य देखिएको समाजवादी पार्टीको ठहर छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?