Comments Add Comment

रुपन्देहीमा अनलाइनखबरकर्मी शर्मा सम्मानित

२१ पुस, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइनखबरकर्मी टोपराज शर्मासहित विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरेको छ । विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्नेहरुलाई मध्यावधि समीक्षाको अवसरमा सोमबार सम्मान गरिएको हो ।

नगरपालिकाले तिलोत्तमा नगरमा भएका विकास निर्माण, सेवा प्रवाह, प्रवर्द्धनात्मक अभियानलगायतका गतिविधिलाई पत्रकारितामार्फत जनमानसमा पु¥याउने काममा महत्वपूर्ण योगदान पु¥याउने पत्रकारहरुमध्ये अनलाइनखबरका बुटवल संवाददाता टोपराज शर्मालाई सम्मान गरेको हो ।

शर्मालाई नगरपालिकाका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगद १२ हजार सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

यस्तै उत्कृष्ट किसानतर्फ तिलोत्तमा–१४ रगरगञ्जका तरकारी उत्पादक किसान पन्नालाल केवट र वडा नं. १३ वनकट्टीकी पशुपालक किसान दुर्गा भण्डारी,वडा नं. ८ को प्रदीपनगर टोल विकास संस्था, वडा नं. २ को जागृति टोल विकास संस्था, वडा नं. १० को गरिमा टोल विकास संस्थालाई पनि नगदसहित सम्मान गरिएको छ ।

यसैगरी नमस्ते नेपाल, जागृति आमा समूह, प्रगति महिला परिवार पनि सम्मानित भएका छन् । नगरभित्रका जेष्ठ नागरिकतर्फ तिलोत्तमा–८ का १०६ वर्षका केशवराम ज्ञवाली र तिलोत्तमा–३ की १०१ वर्षीय गंगादेवी पंगालीलाई पनि नगदसहित नगरपालिकाले कदरपत्रसहित सम्मान गरेको छ । नगरपालिकामा सबैभन्दा बढी सम्पत्ति कर तिर्ने केशवमणि आचार्य दीक्षित, व्यवसाय कर तिर्ने टाइगर प्यालेस रिसोर्ट, कृषितर्फ मुलुकमैं बढी कर तिर्ने अन्नपूर्ण एग्रो इण्डिष्ट्रिज प्रालिलाई पनि सम्मान गरिएको छ ।

सेमरा बजार स्वास्थ्य चौकी अन्र्तगत्की स्वास्थ्य स्वयंम्सेविका चाँदनी गिरी, टिकुलिगढ स्वास्थ्य चौकीकी उमादेवी सुवेदी पनि नगरपालिकाको सम्मानमा परेका छन् ।

शिक्षातर्फ २०७५ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने दिया पाण्डे, चाहना थापा, आरती शर्मा, विधान नेपाल, सौरभ पौडेल, क्रिष्टिना रास्कोटी, निकिता खनाल, शान्ति नमूना मावि, जनजागृति मावि, सेमरी आधारभूत विद्यालय र प्यारामाउण्ट इंलिस बोर्डिङ स्कुललाई पनि सम्मान गरिएको छ ।

यसैगरी उत्कृष्ट कर्मचारीको रुपमा प्रदीप वन, इन्द्रदत्त सापकोटा र चन्द्रा थापालाई पनि नगरपालिकाले सम्मान गरेको छ । मध्यावधी समीक्षा कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले तिलोत्तमा नगरपालिकाले देशभरकै स्थानीय तहरु मध्ये नौला र रचनात्मक काम गरेर अरु स्थानीय तहलाई मार्गदर्शन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment