Comments Add Comment

चितवनमा बोराभित्र शिशुको शव भेटियो

२१ पुस, चितवन । चितवनमा बोरामा पोको पारेर फालेको अवस्थामा एक जना शिशुको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका वडा १५ शिवराम चोक नजिक सोमबार एक नवजात शिशुको शव भेटिएको चितवनका डीएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार बोरामा पोको पारेर फालिएको अवस्थामा करिब ५ महिनाको शिशुको शव फेला परेको छ । शिशुको शवलाई भरतपुर अस्पतालमा ल्याएर पोस्टमार्टम गरिएको उनले बताए ।

शिशुलाई कसलै मारेर फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेकोले भेटिएको शिशुको शव कसको हो भन्ने केही नखुलेको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment