+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

अधिवक्ता कार्कीलाई २४ घण्टाभित्र पेश गर्न उच्च अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २१ गते २०:३९

२१ पुस,बुटवल । उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा रहेका अधिवक्ता अर्जुनबहादुर कार्कीलाई २४ घण्टाभित्र अदालत हाजिर गराउन आदेश दिएको छ ।

उच्च अदालत बार एशोसिएशन बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले सोमबार दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै अदालतले यस्तो आदेश गरेको हो ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटीको इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्नु नपर्ने कारण भए २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

साथै आदेशमा देवेन्द्रप्रसाद ध्वजूसमेत विरुद्ध उच्च अदालत पाटनमा चलेको बैंकिङ कसुर मुद्दामा भएको फैसलाविरुद्ध पाल्पा जिल्ला अदालत पठाइएको अर्जुनबहादुर कार्कीको नामको पुनरावेदनको म्याद तामेल भए नभएको जवाफ सोमबार नै मगाउन आदेश गरिएको छ ।

उच्च अदालत पाटनबाट भएको फैसलाविरुद्ध पुनरावेदनको म्याद नै प्राप्त नगर्दै अधिवक्ता कार्कीलाई शुक्रबार पक्राउ गरी आइतबारै कारागार चलान गरिएपछि गैरकानूनी थुनामुक्त गर्न माग गर्दै कानून व्यवसायीहरुले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका हुन् ।

रिटमा रुपन्देही जिल्ला अदालत, जिल्ला अदालतको तहसील शाखा, तहसीलदार शाखा अधिकृत, इलाका प्रहरी कार्यालय बुटवल र जिल्ला कारागार कार्यालय रुपन्देहीलाई विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?