Comments Add Comment

मेगा बैंकको ‘मेगा विश्वास बचत खाता’ र ‘मेगा माया बचत खाता’ योजना

२१ पुस, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ ।

ग्राहकहरुकै अटुट विश्वासका कारण बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा मेगा बैंकले ग्राहकहरुलाई धन्यवाद स्वरुप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको हो ।

६.५ प्रतिशत आकर्षक ब्याज पाइने यो बचत खातामा ग्राहकहरुलाई १७ वटा आकर्षक सुविधा तथा छुटहरुको व्यवस्था गरिएको छ । यसैगरी, मोबाइल बैंकिङ र डेबिट कार्ड निशुल्क रुपमा जारी गरिने र क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । यो बचत योजनाले ग्राहकहरुको विश्वासलाई थप प्रगाढ बनाउने बैंकले जनाएको छ ।

ग्राहकहरुलाई आकर्षक एवं नविनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले ‘मेगा माया बचत खाता’ को २०२० संस्करण पनि ल्याएको छ । नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभुति गराउने उद्देश्यले मेगा बैंकले ल्याएको यस योजनामा सम्बन्धित ग्राहकको १० लाख रुपैँयासम्मको दुर्घटना बिमा, ३ लाख रुपैँयासम्मको प्राणघातक रोगहरुको बिमा र १ लाख रुपैँयासम्मको स्वास्थ्य बिमाको व्यवस्था बैंक आफैले बिमा पि्रमियम शुल्क व्यहोर्ने गरी बिमा प्रदायक कम्पनी नेको इन्स्योरेन्स् मार्फत गर्ने भएको छ ।

आकर्षक ब्याजदर रहेको यस बचत योजनामा ग्राहकहरुले मोबाइल बैंकिङ र डेबिट कार्ड निशुल्क रुपमा पाउने छन् भने क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment